नेभिगेशन
खेलकुद

पिएम कपः लुम्बिनीलाई आठ विकेटले पराजित गर्दै गण्डकी विजयी

वीरगन्ज । गण्डकीले आइतबार प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनीलाई पराजित गरेको छ । वीरगन्जस्थित नारायणी क्रिकेट मैदानमा गण्डकीले लुम्बिनीलाई आठ विकेटले पराजित गरेको हो ।

लुम्बिनीले प्रस्तुत गरेको २०७ रनको लक्ष्य गण्डकीले ४४.१ ओभरमा दुई विकेट गुमाउँदै पूरा गर्यो । गण्डकीका लागि ओपनर अर्जुन कुमालले शतकीय इनिङ खेले । जारी प्रतियोगितामा दोस्रो शतक बनाउने क्रममा अर्जुनले १३० बलमा अविजित १०३ रन बनाए । अर्जुनले एक छक्का र १३ चौका प्रहार गरे । 

गण्डकीका अर्का ओपनर क्रिबिन श्रेष्ठले ४३ रन बनाउँदा दिपक डुम्रेले अविजित २५ रन बनाए । मुस्कान थापाले २३ रन जोडे। लुम्बिनीका बलर सन्तोष यादव र दिनेश बोहोराले एक/एक विकेट लिए । यसअघि टस जितेर ब्याटिङ रोजेको लुम्बिनीले ४५ ओभरमा सबै विकेट गुमाएर २०७ रन जोडेको थियो । लुम्बिनीका सन्तोष यादवले ८० रन जोडे । यसैगरी सलाउदिन खानले ६० रनको पाली खेले। दिनेश बोहोराले २० र कप्तान देव खनालले १४ रन जोडे । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्