नेभिगेशन
विश्व
ताइवानको विपक्षी नेतासँगको दुर्लभ भेट

सी जिनपिङद्वारा ‘शान्ति’को वकालत

बेइजिङ । चीनका राष्ट्रपति सी जिनपिङले शुक्रबार ताइवानको विपक्षी नेतासँगको ऐतिहासिक भेटमा विश्वभर चलिरहेका द्वन्द्वहरूको चर्चा गर्दै शान्तिको आवश्यकता औँल्याएका छन् । साथै, उनले स्वशासित टापु ताइवानको स्वतन्त्रताप्रति बेइजिङको कडा विरोध रहने कुरा पुनः दोहो¥याएका छन् ।
ताइवानको कुमिन्ताङ (केएमटी) पार्टीकी नेत्री चेङ ली–वुनको यो बेइजिङ भ्रमण दशकौँपछिको पहिलो यस्तो उच्चस्तरीय भेट हो । यो भेट अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको चीन भ्रमण हुनुभन्दा केही हप्ता अघि भएको छ, जहाँ ताइवानको मुद्दा प्रमुख एजेन्डा रहने अपेक्षा गरिएको छ ।
बेइजिङस्थित ’ग्रेट हल अफ द पिपल’ मा आयोजित कार्यक्रममा सीले भने, ‘आजको विश्व शान्तिपूर्ण छैन, त्यसैले शान्ति झन् बढी बहुमूल्य भएको छ ।’
बेइजिङले ताइवानमा विगत एक दशकदेखि शासन गरिरहेको स्वतन्त्रता पक्षधर डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) सँग वार्ता गर्न अस्वीकार गर्दै आएको छ । चीनले ताइवानलाई आफ्नै भूभाग दाबी गर्छ र यसलाई नियन्त्रणमा लिन बल प्रयोगको सम्भावनालाई पनि नकार्न सकेको छैन । पछिल्ला वर्षहरूमा चीनले ताइवान वरिपरि सैन्य अभ्यास र दबाब बढाएको छ, जसले भू–राजनीतिक द्वन्द्वको जोखिम बढाएको छ ।
सीले भने, ‘चीन समुद्रका दुवै तर्फका देशवासीहरू चिनियाँ हुन् र एउटै परिवार हुन् ।’ उनले बेइजिङ ताइवानका राजनीतिक दलहरूसँग ‘ताइवानको स्वतन्त्रताको विरोध गर्ने साझा राजनीतिक आधारमा’ काम गर्न इच्छुक रहेको बताए ।
जवाफमा चेङले आफ्नो पार्टीको अथक प्रयासबाट ताइवान स्ट्रेट अब सम्भावित द्वन्द्वको केन्द्र वा बाह्य हस्तक्षेपको ‘चेसबोर्ड’ नबन्ने आशा व्यक्त गरिन् ।
ताइवानको सुरक्षा बजेट र अमेरिकी चिन्ता
ताइवानको सत्ताधारी दल बेइजिङको सैन्य दबाब र वासिङ्टनको ४० अर्ब डलरको रक्षा खर्च योजना पारित गर्ने दबाबमा परेको बेला चेङको यो भ्रमण भएको छ । केएमटीले बेइजिङसँग न्यानो सम्बन्धको वकालत गर्छ र ताइवानको संसद्मा उक्त रक्षा खर्च विधेयकलाई रोक लगाउँदै आएको छ ।
विश्लेषकहरूका अनुसार बेइजिङले ताइवानभित्रको त्यो डरलाई क्यास गर्न खोजिरहेको छ, जहाँ धेरैलाई लाग्छ कि ट्रम्पले ताइवानलाई अमेरिका–चीन विवादको एउटा सानो ‘मोहरा’ को रूपमा मात्र हेर्छन् र उनी टापुको दीर्घकालीन भविष्यमा इच्छुक छैनन् ।
व्यापार र प्रविधिमा जारी तनावसँगै मे महिनामा हुने सी र ट्रम्पको शिखर वार्तामा ताइवान मुख्य चर्चाको विषय हुनेछ । बेइजिङले अमेरिकासँगको सम्बन्धमा ताइवानलाई सबैभन्दा संवेदनशील पक्ष मान्दै आएको छ । डिसेम्बरमा अमेरिका र ताइवानबीच भएको ११ अर्ब डलरको हतियार सम्झौताको चीनले कडा भत्र्सना गरेको थियो ।
चिप्स र ऊर्जाको राजनीति
चेङले आफ्नो चीन भ्रमणलाई ‘शान्तिका लागि ऐतिहासिक यात्रा’को संज्ञा दिएकी छन् । उनले नानजिङको पनि भ्रमण गरिन्, जुन कुनै समय केएमटीले चलाएको ‘रिपब्लिक अफ चाइना’को राजधानी थियो । सन् १९४९ मा माओ त्से तुङको कम्युनिष्ट सेनाले केएमटीलाई मुख्य भूमिबाट लखेटेपछि उनीहरू भागेर ताइवान पुगेका थिए ।
ताइवानका केही मानिसहरू ट्रम्पको दोस्रो कार्यकालको ‘अमेरिका–केन्द्रित’ नीतिले आफ्नो भविष्यमा के असर पार्ला भन्नेमा सशंकित छन् । वासिङ्टनले ताइवानसँग घनिष्ट अनौपचारिक सम्बन्ध राख्छ र कानुनतः उसलाई रक्षाका लागि हतियार बेच्न बाध्य छ ।
तर, ट्रम्पले चुनाव प्रचारका क्रममा ताइवानले सुरक्षाका लागि अमेरिकालाई थप पैसा तिर्नुपर्ने र ताइवानले अमेरिकाको ‘चिप’ व्यवसाय चोरेको आरोप लगाएका थिए ।
फेब्रुअरीमा वासिङ्टन र ताइपेईबीच अमेरिकामा सेमिकन्डक्टर उत्पादनमा थप लगानी गर्ने सहमति भएको थियो । यस्तै, इरानले हर्मुज जलसन्धिमा अवरोध पु¥याएपछि सिर्जित विश्वव्यापी ऊर्जा संकटका बीच, बेइजिङले मार्चमा क्युबालाई आफ्नो शासन स्वीकार गरेमा ऊर्जा स्थिरता दिने प्रस्ताव राखेको थियो । ताइवानी अधिकारीहरूले यसलाई ऊर्जा सुरक्षामाथिको आत्मविश्वास कमजोर पार्ने ‘संज्ञानात्मक युद्ध’ (कग्निटिभ वारफेयर) भनेका छन् ।
डीपीपीले ताइवानमाथिको चीनको सार्वभौम दाबी र ‘१९९२ को सहमति’लाई अस्वीकार गर्दै आएको छ । केएमटीले भने वार्ताका लागि १९९२ को सहमतिलाई आधार मान्ने भएकाले यसका नेताहरूले अझै पनि चिनियाँ अधिकारीहरूसँग भेटघाट गर्न पाइरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्