नेभिगेशन
प्रदेश

धनकुटामा भेटियो राजगोमन

धनकुटा । धनकुटाको कागतेमा लामो विषालु राजगोमन (किङ कोब्रा) फेला परेको छ । नगरपालिकाको वडा नम्बर ३ र ६ को सिमानामा फेला परेको करिब १३ फिट लामो विषालु राजगोमनको उद्धार गरिएको छ ।
धनकुटाको महालक्ष्मी नगरपालिका–५, लेगुवाका प्रदीप श्रेष्ठले शनिबार उक्त सर्प सुरक्षित रूपमा नियन्त्रणमा लिएका हुन् । समुद्री सतहबाट करिब १३ सय मिटर उचाइमा रहेको कागतेस्थित बोधप्रसाद वाग्लेको गोठमा उक्त सर्प तिन दिनदेखि बसिरहेको थियो । उद्धारमा संलग्न श्रेष्ठका अनुसार राजगोमन पहाडी क्षेत्रमा बिरलै देखिने अत्यन्तै विषालु सर्प हो । यो सर्पलाई नचलाएसम्म आव्रmमण नगर्ने भए पनि चलाउँदा आव्रmामक बन्ने गर्छ । ‘यसको टोकाइले गम्भीर अवस्था निम्त्याउन सक्छ, तत्कालै मानिसको मृत्युसमेत हुन सक्छ,’ श्रेष्ठ भन्छन् । उद्धार गरिएको राजगोमनलाई डिभिजन वन कार्यालय धनकुटासँगको समन्वयमा सुरक्षित रूपमा वनक्षेत्रमा छोड्ने तयारी गरिएको धनकुटा नगरपालिका–३ का वडाध्यक्ष विकास घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश