नेभिगेशन
प्रदेश

काभ्रेमा यस वर्ष १९ जनाले पाए आमाको नामबाट नागरिकता

धुलिखेल । जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले यस वर्ष १९ जनालाई आमाको नामबाट नागरिकता दिएको छ ।
कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि फागुनसम्म ५ हजार ६७० नयाँ नागरिकता जारी गरिएको छ । जसमा साउन महिनामा ८४४ नागरिकता जारी भएका छन् । भदौमा ५३८, असोजमा ४६२, कात्तिकमा ६८६, मंसिरमा ९२९ र पुसमा ४२८ वटा, माघमा ८६४ वटा, फागुनमा ४०१ र चैतमा ५१८ वटा नागरिकता जारी भएको छ । यही अवधिमा नागरिकताको प्रतिलिपी लिनेको संख्या ८ हजार ४५ छ । साउनमा १ हजार १७४, भदौमा १ हजार ४२, असोजमा ५४४, कात्तिकमा ८५६, मंसिरमा ९३६, पुसमा ९७२ वटा, माघमा ९७९, फागुनमा ६४१ वटा र चैतमा ९०१ नागरिकताका प्रतिलिपी जारी भएका छन् । 
पुरानो हस्तलिखित नागरिकता खुइलिने र बिग्रने गरेका र सरकारले राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यसका लागि आउनेहरु बढ्दै गएका कारण कतिपय पुरानो नागरिकतामा त्रुटीहरु फेला परेका छन् । जसले गर्दा पछिल्ला केही महिनायता नागरिकताको प्रतिलिपी लिनेहरु बढेको जिल्ला प्रशासन कार्यालय काभ्रेले जनाएको छ ।
गत साउनदेखि मंसिरसम्मको अवधिमा नागरिकता परित्याग गर्नेको संख्या ३५ रहेको छ भने सोही अवधिमा गैरआवासीय नागरिकता २८ वटा जारी भएको छ । ६ वटा नागरिकता रद्द र पाँच वटा अंगिकृत नागरिकता जारी गरिएको कार्यालयले जनाएको छ ।
चालु आर्थिक वर्षको चैतसम्ममा राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिनेको संख्या २१ हजार ८०६ रहेको छ । साउन महिनामा मात्र यो संख्या ३ हजार ४५३ रहेको थियो । भदौमा २ हजार ८९७, असोजमा १ हजार ९६२ जनाले आवेदन दिएका थिए भने कात्तिकमा २ हजार २९२ जनाले आवेदन दिएका छन् । मंसिरमा २ हजार ७८९ जना, पुसमा २ हजार २४८, माघमा २ हजार ५८३, फागुनमा १ हजार ४५९ जना र चैतमा २ हजार १२३ जनाले आवेदन दिएका थिए । यही अवधिमा ५ हजार ५४९ वटा कार्ड वितरण भएका छन् । दलित र जनजाती परिचयपत्र ३१५ वटा जारी भएका छन् । 
यस्तै ९ हजार ९०६ वटा राहदानीको आवेदन दर्ता भएको प्रशासनमा ९ हजार ७४९ कार्ड वितरण भएको छ । ६ महिनामा नाबालक परिचयपत्र ४७० वटा जारी भएको प्रशासन कार्यालयले जनाएको छ । यसैगरि ८४ वटा मुद्दा दर्ता भएका छन् भने ५९ वटा फस्र्याैट भएका छन् । यस्तै ठाडो उजुरी १३३ वटा दर्ता हुँदा १२३ वटा फस्र्याैट भएका छन् । कार्यालयमा यसवर्ष १७ वटा नयाँ संघसंस्था दर्ता भएका छन्, १६८ वटा नवीकरण भएका छन् भने ५ वटा हातहतियार नवीकरण भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्