नेभिगेशन
साहित्य

गर्जन कि वर्षा ?

एकपटक एउटा नयाँ चेलाले गुरु लीलाई ध्यानावस्थामा के सोच्नुपर्छ भनेर सोधे– ‘गरु ध्यान गरेका बेला मेरो ध्यानावस्थाको बारेमा सोच्नुपर्छ कि विश्वमा मेरो स्थानको बारेमा सोच्नुपर्छ कि वा अरू केहीका बारेमा सोच्नुपर्छ ? कि केही पनि नसोचेर त्यत्तिकै बस्नुपर्छ ।’

गुरु लीले आफ्नो टाउको हल्लाउँदै भने, ‘यसबारेमा त मलाई केही पनि थाहा छैन । मैले कहिल्यै यसका बारेमा सोचिनँ ।’

बाहिर अत्यन्तै सुन्दर दिन थियो । गुरु लीले यसो डुल्न जाने विचार गरे । जंगलमा हिँड्दै गर्दा उनले ताओको बारेमा किताब पढिरहेको एउटा विद्यार्थीलाई भेटे । गुरु लीले विद्यार्थीको हातबाट किताब खोसे । आफ्नो हातमा भएको किताबलाई नजिकैको खोलामा फ्याँकिदिए । 

गुरु लीको त्यस्तो व्यवहार देखेर आश्चर्यचकित भएको चेलाले गुरुलाई सोध्यो, ‘गुरु किन त्यसो गर्नुभएको ?’

गुरु लीले जवाफ दिए, ‘गर्जन मात्र गर्नुभन्दा वर्षा हुनु राम्रो हो ।’

- रविन्द्र आनन्द

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्