नेभिगेशन
विश्व

जापानमा शक्तिशाली भूकम्प

टोक्यो (एएफपी) । जापानको उत्तरी क्षेत्रमा सोमबार ७.५ म्याग्निच्युडको भूकम्प गएको छ भूकम्पका कारण सयौं किलोमिटर टाढाको टोकियोका गगनचुम्वी भवनहरूलाई हल्लाएको छ र तीन मिटर (१० फिट) सम्म सुनामी छालहरू आउने चेतावनी दिइएको छ ।
जापानको मौसम विज्ञान एजेन्सी (जेएमए) का अनुसार स्थानीय समयअनुसार साँझ ४ बजेर ५३ मिनेटमा उत्तरी इवाते प्रान्तको प्रशान्त महासागरमा भूकम्प गएको हो ।
 भूकम्पको करिब ४० मिनेटपछि ८० सेन्टिमिटर (३१ इन्च) को सुनामीको लहर इवातेको कुजीस्थित एउटा बन्दरगाहमा ठोक्किएको छ  । जेएमएले सुरुमा भूकम्पको धक्का ७.४ म्याग्निच्युडको रहेको बताए पनि यसलाई पछि परिमार्जन गरी ७.५ म्याग्निच्युड रहेको पुष्टि गरिएको हो  । बन्दरगाहका वरपरका धैरै स्थानमा तत्काल कुनै ठूलो क्षति नभएको उल्लेख गरिएको छ  । 
जेएमएका एक अधिकारीले टेलिभिजनमार्फत् दिएको एक जानकारीमा विशेष गरी आगामी दुई देखि तीन दिनभित्र वा अर्को हप्तासम्ममा यस क्षेत्रमा थप केही ठूला भूकम्पहरू आउन सक्छन् र ती अझ कडा कम्पनहरू पनि हुन सक्नेछन् भनिएको छ ।
जापान विश्वको भूकम्पीय दृष्टिकोणबाट सबैभन्दा सक्रिय तरङ्गहरू भएको देशहरूमध्ये एक हो । यो प्रशान्त महासागरको पश्चिमी किनारमा चार प्रमुख ‘टेक्टोनिक प्लेट’हरू, ‘रिङ अफ फायर’ को शीर्षमा स्थानमा छ ।  
करिब १२ करोड ५० लाख मानिस बसोबास गर्ने यस द्वीपसमूहमा हरेक वर्ष करिब एक हजार ५०० भूकम्पीय झट्का महसुस गरिने गर्छ र यो विश्वमा हुने भूकम्पको १८ प्रतिशत हिस्सा हो  ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व