नेभिगेशन
प्रदेश

रानी वनमा छाडियो सालक

हेटौंडा । दुर्लभ तथा लोपोन्मुख तामेसालक (इन्डियन प्यांगोलिन) बच्चासहित फेला परेको छ ।
मकवानपुरगढी गाउँपालिका–३ का मनिष देवकोटाले बुधबार बिहान घरनजिकै करिब १२ किलो तौलको माउ सालक र तीन किलोको बच्चासहित फेला पारेर इलाका प्रहरी कार्यालय मकवानपुरगढीमा बुझाएका थिए । प्रहरीमार्फत सालकलाई रानी सामुदायिक वन उपभोक्ता समूहद्वारा ब्लक नं. ६ मा निर्माण गरिएको सालक ‘केज’ मा सुरक्षित रूपमा छाडिएको छ ।
सालक छाड्ने क्रमममा हेटौंडा उपमहानगरपालिका–६ का वडाध्यक्ष विष्णुबहादुर दाहाल, वडा सदस्य विजय पौडेल, सबडिभिजन वन कार्यालय हेटौंडाका वन अधिकृत बच्चुराम सुवेदी, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईं, रानी सामुदायिक वनका अध्यक्ष केशव धिताललगायतको उपस्थिति रहेको थियो । वनक्षेत्रमा रुखका ठुटामा लाग्ने धमिरा आहाराका रूपमा खाने सालक संरक्षणमा समुदायस्तरबाट  सव्रिmयता बढ्दै गएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्