नेभिगेशन
खेलकुद

टी–२० सिरिजको दोस्रो खेलमा नेपाल विजयी, युएई ८ विकेटले पराजित

काठमाडौं  । टी–२० अन्तर्राष्ट्रिय सिरिजअन्तर्गत दोस्रो खेलमा नेपाल यूएईविरुद्ध विजयी भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा सम्पन्न खेलमा नेपालले यूएईलाई ८ विकेटले हराउँदै विजयी भएको हो । योसँग नेपालले टिट्वान्टी सिरिज बराबरी गरेको छ ।

१२९ रनको लक्ष्यसहित जवाफी ब्याटिङमा उत्रिएको नेपालले १५.५ ओभरमा लक्ष्य भेट्टायाे । नेपालका लागि ओपनर कुशल भुर्तेलले शानदार अर्धशतक प्रहार गरे । ५७ बलको सामना गरेका भुर्तेलले १२ चौका र २ छककासहित ८२ रन बनाए ।

यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले २३ कुशल मल्लले १९ बनाए । आजको खेलमा राष्ट्रिय टोलीमा डेब्यू गरेका सन्तोष यादव एक रनमा आउट भए । त्यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १२८ रन बनाएको थियो । नेपालका सन्दीप लामिछानेले सर्वाधिक तीन विकेट लिए । चार ओभर बलिङ गरेका उनले एक मेडन राख्दै केबल ६ रन खर्चिए ।नेपालका हेमन्त धामीले दुई तथा नन्दन यादव र शाहब आलमले समान एक विकेट लिए । यूएईका अक्षदीप नाथले सर्वाधिक ५३ रन बनाए । ४२ बलको सामना गरेका उनले तीन चौका र चार छक्का प्रहार गरे । मुहम्मद अरफानले ३२ र अदीम उस्मानीले ३० रन बनाए । सोमबार भएको खेलमा नेपालले यूएईसँग ६ विकेटले हारेको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्