नेभिगेशन
खेलकुद

नेपालले रुवाण्डालाई हरायो

आइसिसी महिला ट्वान्टी च्यालेन्ज ट्रफीमा नेपालले आयोजक रुवाण्डालाई पराजित गरेको छ ।
रुवाण्डाको किगालीमा रहेको गहङ्गा क्रिकेट ओभलमा आज भएको खेलमा नेपालले रुवान्डालाई दुई विकेटले हराउँदै जित हात पारेको हो । घरेलु टोली रुवाण्डाले नेपाललाई जितको लागि ८९ रनको लक्ष्य दिएको थियो । जवाफमा नेपालले १९.४ ओभरमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा ग–यो ।
नेपालको लागि सम्झना खड्काले सर्वाधिक ४८ रनको योगदान दिइन् । त्यस्तै पूजा महत्तोले १३ तथा  विन्दु रावलले १० रन जोडिन् ।
त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको रुवान्डाले  १९.४ ओभरमा सबै विकेट गुमाएर ८८ रनको योगफल  बनाएको थियो ।
रुवाण्डाका लागि चार ब्याटरले मात्र दोहोरो अङ्कमा रन बनाउन सके । एलिस इकुजवेले सर्वाधिक १७ रन बनाइन् भने मर्वे उवासले १५, क्लेरिस उमुटोनिवासेले १३ तथा रोसिन उवेराले १२ रन जोडिन् ।
रुवाण्डालाई कम रनमै समेट्नेक्रममा नेपालका लागि रचना चौधरीले ३, पूजा महतो र कविता कुँवरले समान दुई÷दुई तथा मनिष उपाध्याय र रिया शर्माले समान एक÷एक विकेट लिइन् । 
अन्तरराष्ट्रिय क्रिकेट परिषद्ले सुरुआत गरेको यस प्रतियोगिता डबल राउन्ड रोबिन लिगका आधारमा हुनेछ । त्यस्तै लिगको सबै खेलपश्चात् शीर्ष स्थानमा रहने देश विजेता टोली बन्नेछ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्