नेभिगेशन
विश्व

चीनको उदेकलाग्दो शक्ति प्रदर्शन

एजेन्सी – चीनको राजधानी बेइजिङमा बुधबार दोस्रो विश्वयुद्धमा विजय पाएको ८० वर्ष पूरा भएको अवसरमा विजय दिवस परे ड (भिक्ट्री डे सैन्य परेड) आयोजना गरिएको छ । बेइजिङमा आयोजित विशाल सैन्य परेडमा एकता प्रदर्शन गर्दै चीन, रुस र उत्तर कोरियाका नेताहरू पहिलो पटक सार्वजनिक रूपमा एकसाथ देखा परे ।

राजधानी बेइजिङको तियानमेन स्क्वायरमा राष्ट्रपति सी जिनपिङले उद्घाटन गरेको यस कार्यक्रमले चीनको बढ्दो सैन्य क्षमता, प्राविधिक प्रगति र अन्तर्राष्ट्रिय कूटनीतिक प्रभावलाई उजागर गरेको छ । यस परेडलाई ऐतिहासिक विजयको स्मरण मात्र नभई
नयाँ विश्व व्यवस्थाको निर्माणका लागि चीनको स्पष्ट सन्देशका रूपमा पनि हेरिएको छ ।

ऐतिहासिक पृष्ठभूमि र परेडको महत्व :

जापानले सन् १९४५ मा आत्मसमर्पण गर्नुअघि चीनमाथि सन् १९३७ देखि आक्रमण  गर्दै  आएको थियो । यसबीच जापानी सेनाले नानजिङ शहरमा करिब तीन लाख सर्वसाधारणको नर संहार गर्‍यो । यो परेड चीनको सैन्य शक्ति प्रदर्शन गर्ने माध्यम मात्र नभई पश्चिमी देशहरूविरुद्ध 'ग्लोबल साउथ’ (विकासोन्मुख देशहरूको समूह) को एकता देखाउने माध्यम पनि हो । 

५० हजार भन्दा बढी मानिस भेला भएको यस समारोहले चीनको ‘राष्ट्रिय पुनर्जागरण’ मा सेनाको भूमिका कति महत्वपूर्ण छ भन्ने सन्देश पनि दिएको छ । राष्ट्रपति सीले आफ्नो भाषणको सुरुवात इतिहासको सम्मान गर्ने  र भविष्यतर्फ हेर्ने अवसरका रूपमा
भएको बताए । उनले विजयमा योगदान दिने दिग्गज, साथी र देशभक्तहरूलाई श्रद्धाञ्जलि अर्पण गरे । 

उनले परेडमा सहभागी हुने विश्व नेताहरूलाई पनि स्वागत गरेका थिए । राष्ट्रपति सी जिनपिङले आफ्नो भाषणमा यो युद्ध (जापानविरुद्ध) लाई आधुनिक समयमा कुनै पनि विदेशी आक्रमणमाथि 'चीनको पहिलो ठूलो विजय’ का रूपमा व्याख्या गरे । उनले
चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को नेतृत्व र जनताको एकताका कारण यो विजय सम्भव भएको बताए ।

जिनपिङले विश्वका देशहरूलाई युद्धका वास्तविक कारणहरूलाई समाप्त गर्न र विगतका दुःखद घटनाहरूलाई दोहोरिन नदिन आग्रह गरे । सबै देशहरूले समानताका साथ व्यवहार र आपसी मेलमिलाप र एक–अर्कालाई सहयो ग गरे मात्रै वास्तविक सुरक्षा प्राप्त गर्न सकिने सीले बताए । तियानमेन स्क्वायरमा सीको अध्यक्षतामा आयोजना भएको यो तेस्रो ठूलो सैन्य परेड हो । 

चीनले यसलाई पश्चिमी देशहरूविरुद्ध ‘ग्लोबल साउथ’ को एकता र आफ्नो सैन्य शक्तिको प्रदर्शन गर्ने  माध्यमका रूपमा पनि प्रयोग गरि रहेको छ । सयौ आधुनिक हतियारहरूसहित यो परेडमा १० हजारभन्दा बढी चिनियाँ सैनिक सहभागी थिए ।

यस अवसरमा मञ्चमा रुसका राष्ट्रपति भ्लादिमिर पुटिन, उत्तर कोरियाका नेता किमजोङ–उन, बेलारुसका राष्ट्रपति अलेक्जेन्डर लुकाशेन्को र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमसहित नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीलगायका
उपस्थित थिए ।

CHINA-BEIJING-XI+JINPING-V-DAY+COMMEMORATIONS+(CN)XxjpieE000453_20250903_PEPFN0A001-1756890052.JPG
राष्ट्रपति जिनपिङले परेडलाई सम्बोधन गर्दै  जापानी आक्रमणविरुद्ध लडेको युद्ध धेरै कठिन तर महान् संघर्ष भएको बताए । आधुनिक समयमा कुनै विदेशी आक्रमणमाथि चीनको यो पहिलो ठूलो विजय थियो । इतिहासले विभिन्न देशहरूले यस्तो त्रासदी पुनः दोहोरिन नदिन मिलेर काम गर्नुपर्ने  बताए ।

जिनपिङले यो विजय चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी)को नेतृत्व र देशको एकताका कारण प्राप्त भएको बताए । उनले दोस्रो विश्वयुद्धमा चीनका जनताले ठूलो बलिदान दिएको र मानव सभ्यताको रक्षा तथा विश्व शान्तिलाई जोगाउन ठूलो योगदान रचेको बताए । उनले आफ्नो भाषणमा विश्वका देशहरूलाई युद्धका वास्तविक कारणहरूलाई समाप्त गर्न र विगतका दुःखद घटनाहरूलाई फेरि दोहोरिन नदिन आग्रह गरे । 

जिनपिङले आज मानवतासामु फेरि शान्ति वा युद्ध, संवाद वा टकरावमध्ये एउटा छनोट गर्ने अवसर आएको बताए । जिनपिङले चीन शान्ति र विकासको बाटोमा हिँड्ने र विश्वका अन्य देशहरूसँग मिलेर यस्तो समुदाय बनाउनेमा जोड दिए ।

सत्तावादी त्रिकोणको उदय :

राष्ट्रपति सी जिनपिङको दायाँबायाँ रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र उत्तर कोरियाका नेता किमजोङ उनको उपस्थिति यस परेडमा सबै भन्दा ध्यानाकर्षण गर्ने दृश्यमध्ये एक थियो । अमेरिका र उसका पश्चिमी सहयोगीहरूविरुद्ध यी बलिया नेताहरूबीचको एकताले विश्वलाई स्पष्ट सन्देश दिएको
छ । 

परेडमा रुस, उत्तर कोरिया, बेलारुस, मलेसियालगायत गैर पश्चिमी देशका २६ भन्दा बढी विश्वका नेताहरू सहभागी थिए । परेडपछि पुटिन र किमबीच दुई घण्टाभन्दा बढी गोप्य वार्ता भयो । त्यसपछि पुटिनले किमलाई रुस भ्रमणको निम्तो दिए । यसले युक्रेन युद्धमा उत्तर कोरियाले रुसलाई दिएको समर्थन र यी दुई देशबीचको बढ्दो सैन्य तथा कूटनीतिक सहयोगलाई संकेत गर्छ । किम आफ्नी बहिनी किम यो जोङ र सम्भावित उत्तराधिकारी मानिएकी छोरी किम जु एसँगै बेइजिङ आएका थिए ।

अत्याधुनिक प्रविधिको प्रदर्शन :

परेडमा परम्परागत हतियारहरूसँगै चीनका सबैभन्दा उन्नत र अत्याधुनिक प्रविधिहरू प्रदर्शन गरिएका थिए । यो देखेर भविष्यको युद्धको स्वरूपलाई नै परिवर्तन गर्नसक्ने विज्ञहरू बताउँछन् ।

मानवरहित हवाई यान : परेडको सबैभन्दा ठूलो आकर्षण ‘लो यल विंगम्यान’ ड्रोन थियो । जसले मानव पाइलटसँग मिलेर काम गर्न सक्छ । यो स्टिल्थ प्रविधिले युक्त छ र यो राडारबाट बच्न सक्छ । यसका साथै , ‘एयर सुपेरियोरिटी ड्रोन’ पनि प्रदर्शन गरि एको थियो ।

यसलाई सम्पूर्ण मानवरहित हवाई युद्ध समूहहरूमध्ये सबैभन्दा अत्याधुनिक मानिन्छ । यी ड्रोनहरू जासुसी गर्ने, इलेक्ट्रोनिक ज्यामिङ गर्ने र शत्रुलाई भ्रममा पार्ने क्षमता राख्छन् ।

CHINA-BEIJING-V-DAY+COMMEMORATIONS-GATHERING+(CN)XxjpbeE000260_20250903_PEPFN0A001-1756889998.JPG
क्षेप्यास्त्र प्रणाली : चीनले आफ्नो शक्तिशाली डीएफ–४१ अन्तर महादेशीय ब्यालिस्टिक मिसाइल (आईसीबीएम) र डीएफ - ६१ लगायतका अन्य खतरनाक क्षेप्यास्त्रहरू प्रदर्शन गर्‍यो । यी क्षेप्यास्त्रहरू आणविक हतियार बोक्न सक्षम छन् ।

अन्य हतियार हरू : यसबाहेक पनडुब्बीबाट प्रहार गरिने जे एल–३ क्षेप्यास्त्र, रोबोट कुकुरहरू, जहाज विरोधी मिसाइल, ट्यांक र वायुरक्षा प्रणाली पनि प्रदर्शन गरिए । यी
हतियारहरूले चीनले आधुनिक युद्ध क्षमतामा गरेको ठूलो लगानी र अमेरिकाको सैन्य प्रभुत्वलाई सिधा चुनौती दिन खोजेको स्पष्ट देखाउँछन् ।

अमेरिकी प्रतिक्रिया र कूटनीतिक सन्देश :

परेडको समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जालमा व्यंग्यात्मक पोस्ट गर्दै  चीन, रुस र उत्तर कोरियाले अमेरिकाविरुद्ध षड्यन्त्र गरिरहेको आरोप लगाए । रुसी राष्ट्रपतिको सल्लाहकारले यो आरोपको खण्डन गरेका छन् । 

सिंगापुरका राजनीतिक विज्ञ इयान चोङले भने झै, ‘सी जिनपिङको उद्देश्य यो दे खाउनु हो कि चीन अब उनको नेतृत्वमा एक महान् शक्ति बनिसकेको छ ।’ यस भव्य परेडले चीन एक यस्तो शक्ति बनेको सन्देश दिएको छ, जसलाई विश्वबाट अलग गर्न सकिँदैन र जो कुनै पनि बाह्य दबाब वा धम्कीबाट डराउँदैन ।

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्