नेभिगेशन
अर्थतन्त्र

सुनचाँदीको मूल्यवृद्धि, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीकोे मूल्य बढेको छ । सुन प्रतितोला दुई हजार ७०० र चाँदी ५० ले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला दुई लाख ९९ हजार २०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य चार हजार ९९५ कायम भएको छ । गत शुक्रबार छापावाल सुनको मोल प्रतितोला दुई लाख ९६ हजार ५०० र त्यति नै परिमाणको चाँदी चार हजार ९४५ मा कारोबार भएको थियो ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७२४ र त्यति नै परिमाणको चाँदी ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ । (रासस)

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय