नेभिगेशन
अर्थतन्त्र

उद्योगी व्यवसायी समातिँदा त्रास बढेको छः रितेश रिमाल, अध्यक्ष, नेपाल पशुपन्छी औषधी व्यवसायी संघ

देशमा नयाँ सरकार नयाँ सरकार बनेपछि व्यवसायी समुदायले ठूलो आशा राखेको थियो, नयाँ नीति आउनेछ, लगानीमैत्री वातावरण बन्नेछ, र थप लगानी गर्ने अवसर सिर्जना हुनेछ भन्ने अपेक्षा थियो । तर, व्यवहारमा केही फरक संकेत देखिएको महसुस व्यवसायीहरूले गरेका छन् । विशेषगरी, व्यवसायीहरूमाथि धरपकडको गति बढेको देखिँदा लगानीकर्तालाई प्रोत्साहन गर्ने व्यवस्था पहिला गर्नुपर्ने थियो भन्ने धारणा पनि बलियो बनेको छ । लगानीको सुरक्षा र विश्वासको वातावरण पहिले निर्माण गरिन्थ्यो भने व्यवसायीहरू अझ सुरक्षित महसुस गर्ने थिए भन्ने लाग्छ । एक–एक गर्दै उद्योगी व्यवसायी समातिँदा त्रास बढेको छ । त्यसैले व्यवसायी समुदायमा केही हदसम्म त्रासको वातावरण बढेको देखिन्छ ।
नयाँ सरकारबाट नयाँ नीति आउला, लगानी विस्तार गर्न सकिने वातावरण बन्ला र दीर्घकालीन योजना बनाउन सकिने स्थिरता प्राप्त होला अपेक्षा थियो । तर, अपेक्षाअनुसार वातावरण अझै पूर्णरूपमा बनेको छैन भन्ने अनुभूति भएको छ । भविष्यमा लगानीको वातावरण सुधार गर्नका लागि सरकारले स्पष्ट र दीर्घकालीन ‘भिजन’ प्रस्तुत गर्न आवश्यक छ । बैंक ब्याजदर कस्तो हुने, उद्योगलाई के–कस्ता सहुलियत उपलब्ध हुने, निर्यातमुखी उद्योगले डलर आम्दानी गर्दा कस्तो सुविधा पाउने र घरेलु खपतका उत्पादनमा के नीति लागू हुने यी सबै विषयमा स्पष्टता आवश्यक छ ।
कुनै पनि लगानीकर्ताले आफ्नो पुँजी लगानी गरेपछि उचित प्रतिफल पाउने अपेक्षा राख्नु स्वाभाविक हो । यो व्यवसायको आधारभूत सिद्धान्त पनि हो । त्यसैले राज्यले स्थिर नीति, स्पष्ट नियम र सुरक्षित वातावरण निर्माण गरेर लगानीकर्ताको विश्वास जित्न सके मात्र दिगो आर्थिक विकास सम्भव हुनेछ । राज्यसँग व्यवसायीहरूको गुनासो किन बढेको जस्तो देखिन्छ भन्ने प्रश्न उठ्दा, यसको मुख्य कारण सुरुमा नै उल्लेख गरिएझैँ राज्यले लगानीकर्तालाई सुरक्षित गर्ने स्पष्ट व्यवस्था प्रस्ताव नगरीकन उद्योगी–व्यवसायीमाथि धरपकडको कार्य तीव्र बनाएको अनुभूति हुनु हो । यसले गर्दा अहिले लगानी गरिरहेका व्यवसायी मात्र होइन, नयाँ लगानी गर्ने सम्भावना भएका अन्य लगानीकर्ताहरू पनि थप लगानी गर्न संकुचित भएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय