नेभिगेशन
अर्थतन्त्र

विश्वास बिना लगानी आउँदैन, लगानीबिना विकास सम्भव हुँदैनः राधिका हमाल, उपाध्यक्ष, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान

युवा नेतृत्वमा रहेको सरकार भएकाले अपेक्षा थियो कि व्यवसायीलाई प्रोत्साहन दिने वातावरण बनाइनेछ । तर, अहिलेको अवस्थामा केही असहजता देखिएको अनुभूति व्यवसायी समुदायमा छ । मेरो बुझाइ के हो भने, सरकारले ‘धरपकड’ भन्दा पनि ‘सुधार र सहजीकरण’ को दृष्टिकोण अपनाउनुपर्छ । किनभने, लगानीकर्तालाई डर देखाएर होइन, विश्वास दिलाएर मात्रै लगानीमैत्री वातावरण बनाउन सकिन्छ ।
राज्यको उद्देश्य नियन्त्रण मात्र होइन, विकास र सहकार्य पनि हो । त्यो काम गर्न चाहने व्यक्तिको पनि निश्चित उद्देश्य हुन्छ र उसले कुनै न कुनै योजना बनाएरै अघि बढिरहेको हुन्छ । तर, त्यसको उद्देश्य नबुझी धरपकड मात्र गर्ने प्रवृत्ति देखिनु राम्रो होइन। यसले समस्या समाधान होइन, झन् जटिलता बढाउँछ । सबैभन्दा महत्त्वपूर्ण कुरा आपसी समझदारी हो । आपसी सहमति र संवादबाट नै हरेक समस्याको समाधान खोज्न सकिन्छ । त्यसैले, विश्वासको वातावरण निर्माण गर्नु आजको मुख्य आवश्यकता हो । विश्वास बिना लगानी आउँदैन र लगानी बिना विकास सम्भव हुँदैन । लगानीकर्तालाई लगानी डुब्ने हो कि भन्ने डर हुनु स्वाभाविक हो । विश्वासको वातावरण छैन भने त्यसैले सरकारले पनि लगानी सुरक्षाको ग्यारेन्टी दिने खालको नीति बनाउन आवश्यक छ भन्ने मेरो धारणा हो । साथै, नागरिक र सम्बन्धित सबै पक्ष पनि जिम्मेवार र उत्तरदायी हुनुपर्छ । विश्वासको संकट होइन, विश्वासको वातावरण निर्माण गर्नु आजको मुख्य आवश्यकता हो । यसका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय