नेभिगेशन
खेलकुद

आइपीएलमा दिल्ली क्यापिटल्सकाे लज्जास्पद हार, बेंगलुरु ९ विकेटले विजयी

काठमाडौं । आईपीएल २०२६ मा रोयल च्यालेन्जर्स बेंगलुरुले आफ्नो छैटौँ जित दर्ता गरेको छ। सिजनको ३९औँ खेलमा बेंगलुरुले दिल्ली क्यापिटल्सलाई ९ विकेटले पराजित गर्‍यो ।

अरुण जेटली स्टेडियम मा पहिले बलिङ गरेको बेंगलुरुले दिल्लीलाई मात्र ७५ रनमै अलआउट गर्‍यो। दिल्लीको सुरुवात अत्यन्तै खराब रह्यो, टोलीले केवल ८ रनमै ६ विकेट गुमाएको थियो । दिल्लीका लागि अभिषेक पोरेलले ३० रन बनाउनुभयो । बेंगलुरुका तर्फबाट जोश हेजलवुड ले ४ विकेट लिए भने भुवनेश्वर कुमार ले ३ विकेट हात पारे । ७६ रनको लक्ष्य पछ्याएको बेंगलुरुले ६.३ ओभरमै १ विकेट गुमाएर ७७ रन बनाउँदै सजिलो जित हात पार्‍यो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय