नेभिगेशन
नेपाल

प्रहरी महानिरीक्षक खापुङलाई दर्ज्यानी चिह्न

काठमाडौं – नवनियुक्त प्रहरी महानिरीक्षक चन्द्रकुबेर खापुङले बिहीबार दर्ज्यानी चिह्न लगाएका छन् । गृह मन्त्रालयमा आयोजित समारोहबीच गृहसचिव गोकर्णमणि दुवाडीले उनलाई दर्ज्यानी चिह्न लगाइदिएका हुन् ।

नवनियुक्त प्रहरी महानिरीक्षक खापुङले आफूले सकेको राम्रो गर्ने बताए । ‘सकेको राम्रो गर्छु तर, नराम्रो गर्नेछैन,’ उनले भने, ‘सकल दर्जाको हित र संस्थागत सुधारलाई प्राथमिकतामा राखेको छु ।’ 

अपराध अनुसन्धानमा चुनौती रहेको उल्लेख गर्दै उनले एआई, साइबर अपराध, क्रिप्टोसम्बन्धी अपराधसहित अन्तर्राष्ट्रियस्तरका अपराध नियन्त्रण गर्न प्रहरीको क्षमता विस्तार गर्नुपर्नेमा जोड दिए । 

तेह्रथुमको गाउँबाट सुरु भएको आफ्नो यात्रा प्रहरी महानिरीक्षकसम्म पुगेको स्मरण गर्दै उनले प्रहरीलाई प्रविधि र स्रोत–साधनले सम्पन्न बनाउन आवश्यक रहेको बताए ।                

- रासस

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्