नेभिगेशन
अर्थतन्त्र

काठमाडौं मेरियट होटलले मनायो सातौं वार्षिकोत्सव

काठमाडौं । नेपालकै अग्रणी लक्जरी होटलमध्ये एक काठमाडौं मेरियट होटलले मंगलबार सातौं वार्षिकोत्सव मनाएको छ । स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा होटलका सञ्चालक गौरव अग्रवालले नेपालका आत्मीय मानिस, समृद्ध संस्कृति र भव्य प्राकृतिक सौन्दर्यले विश्वकै हस्पिटालिटी क्षेत्रमा उत्कृष्ट स्थान पाउन योग्य रहेको विश्वासका साथ होटल सुरु गरेको जानकारी दिए ।
‘त्यसबेला हामी केवल भवन निर्माण गरिरहेका थिएनौं, हामी विश्वासको जग हालिरहेका थियौं, उच्चस्तरीय मापदण्ड बनाइरहेका थियौं । हामी त बलियो प्रतिबद्धता निर्माण गरिरहेका थियौं,’ उनले भने । त्यस्तै, महाप्रबन्धक शंकुष महाजनले सात वर्षको यात्रा पार गरिसकेपछि अब लक्जरी भनेको जिम्मेवारी पनि भएको बताए ।
राजधानीको मुटुमा अवस्थित काठमाडौं मेरियट होटल नेपालको प्रमुख लक्जरी आतिथ्य गन्तव्य हो । मेरियट इन्टरनेशनलको विश्वव्यापी नेटवर्कअन्तर्गत रहेको यस होटलले विश्वस्तरीय सेवा मापदण्डलाई नेपालका मानिस, संस्कृति र समुदायप्रतिको गहिरो प्रतिबद्धतासँग जोडेको छ । सन् २०१९ मा स्थापना भएदेखि यो होटल फुर्सदिला यात्री, व्यावसायिक पाहुना तथा स्थानीय साझेदारहरूका लागि विश्वासिलो गन्तव्यका रूपमा स्थापित छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्