नेभिगेशन
अर्थतन्त्र

नबिल बैंकको केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रूम

काठमाडौं । नबिल बैंकले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रूमको सुरुवात गरेको छ । बैंकका अध्यक्ष निर्वाण चौधरी तथा प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीको उपस्थितिमा सञ्चालक समिति  सदस्य सरिता भट्ट अधिकारीले रिबन काटेर नर्सिङ रूम उद्घाटन गरेकी हुन् ।
कार्यक्रममा बैंकका सञ्चालक समिति सदस्यहरू अन्नत पौड्याल, प्रविन टिबडेवाला र अनिल केशरी शाहलगायत नायब प्रमुख कार्यकारी अधिकृतद्वय आदर्श बजगाईं र भूपेन्द्र पाण्डेका साथै अन्य उच्चपदस्थ कर्मचारीहरूको समेत उपस्थिति थियो ।
कर्मचारीको हितलाई उच्च महŒव दिँदै आएको नबिल बैंकले बैंकमा कार्यरत कर्मचारी आमाहरूलाई स्तनपान गराउन सहज बनाउने उद्देश्यले नर्सिङ रूमको स्थापना गरेको जनाएको छ । नर्सिङ रूमले कर्मचारीलाई कार्यालय समयमा मर्यादित, आरामदायी र सुरक्षित रूपमा स्तनपान गराउने वातावरण बनाउने बैंकले विश्वास लिएको छ । 
‘यस कक्षको थालनीमार्फत हामीले कर्मचारीप्रतिको जिम्मेवारी पूरा गरेका हौं । यसले कर्मचारी आमाहरूलाई कार्यालयभित्र बच्चासँग सुरक्षित छु भन्ने महसुस गराउनेछ,’ सञ्चालक समितिका सदस्य सरिता भट्ट अधिकारीले भनिन् ।
अध्यक्ष चौधरीले नर्सिङ रूम बैंकका तर्फबाट एउटा राम्रो सुरुवात भएको बताए । ‘लैंगिक समानता, कर्मचारीको हित नबिल बैकका प्रमुख मान्यताभित्र पर्छन् र आज सुरु भएको यो कक्षले हाम्रा ती मूल्य मान्यतालाई प्रतिविम्बित गर्छ,’ उनले भने । देशभर २६८ शाखा सञ्जालसहित ३१८ एटीएम मेसिनबाट सेवा प्रदान गरिरहेको नबिल बैंकका २५ लाखभन्दा बढी ग्राहक छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्