नेभिगेशन
अर्थतन्त्र

नेपाल बैंक र राष्ट्रिय बिमा कम्पनीबीच कर्जा सम्झौता

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक र राष्ट्रिय बिमा कम्पनीबीच कर्जा कारोबार गर्ने गराउने सम्बन्धमा सम्झौता भएको छ । सम्झौताबमोजिम राष्ट्रिय बिमा कम्पनीमा कार्यरत स्थायी कर्मचारीले नेपाल बैंकको काठमाडौं बैंकिङ अफिस शाखाबाट व्यक्तिगत आवश्यकता पूरा गर्नका लागि १५ लाख रुपैयाँसम्म बिनाधितो सेवाग्राही कर्जा उपभोग गर्न सक्नेछन् ।
यसबाट राष्ट्रिय बिमा कम्पनीमा कार्यरत स्थायी कर्मचारीले एकै थलोबाट वित्तीय आवश्यकता पूर्ति गर्न सक्ने, समय बचत हुने तथा नेपाल बैंक र राष्ट्रिय बिमा कम्पनीबीचको संस्थागत सहकार्य अझ सुदृढ हुने अपेक्षा गरिएको छ । नेपाल बैंकको प्रधान कार्यालयमा बुधबार आयोजित कार्यक्रममा भएको सम्झौतामा बैंकका रिटेल कर्जा प्रमुख अर्जुनबहादुर कँडेल र राष्ट्रिय बिमा कम्पनीका मुख्य व्यवस्थापक डा. सृजना पन्तले हस्ताक्षर गरका छन् । नेपाल बैंकले नेपालभर २३१ शाखा, २४६ एटीएम र ६१ एक्सटेन्सन काउन्टरमार्फत करिब २७ लाख ग्राहकलाई वित्तीय सेवा प्रदान गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्