नेभिगेशन
अर्थतन्त्र

सरस्वती माविलाई एनआईसी एशियाको सहयोग

काठमाडौं । एनआईसी एशिया बैंकले कैलालीको सरस्वती माविलाई खानेपानी ट्यांकी र पम्प उपलब्ध गराएको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कैलालीको गोदावरी–५मा रहेको सरस्वती माविलाई स्वच्छ खानेपानी उपलब्ध गराउने उद्देश्यका साथ फिल्टरसहितको ट्यांकी र पम्प उपलब्ध गरेको हो ।
मंगलबार आयोजित एक कार्यक्रमका बीच बैंकका सर्कल हेड धनगढीका दिपक विष्टले विद्यालयका प्रधानाध्यापक योगेन्द्रराज ओझालाई खानेपानी ट्यांकी र पम्प हस्तान्तरण गरे । फिल्टरसहितको खानेपानी ट्यांकी र पम्पले स्वच्छ खानेपानी उपलब्ध हुनुका साथै यसले विद्यार्थीको स्वास्थ्य र शैक्षिक वातावरणमा समेत सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र