नेभिगेशन
अर्थतन्त्र

सामसङ नेपालको रेमिटमा बेनिफिट क्याम्पेन

काठमाडौं । सामसङ नेपालले रेमिटमा बेनिफिट नामक विशेष उपभोक्ता अभियान औपचारिक रूपमा सुरु गरेको घोषणा गरेको छ । यो पहल वैदेशिक रोजगारीमा रहेका नेपाली कामदारहरू र उनीहरूका परिवारलाई सम्मान गर्दै उनीहरूको रेमिट्यान्सलाई जीवनस्तर सुधार गर्ने अर्थपूर्ण अवसरमा रूपान्तरण गर्ने उद्देश्यले ल्याइएको हो ।
रेमिट्यान्स केवल आर्थिक मूल्य मात्र नभई त्याग, आकांक्षा र जिम्मेवारीको प्रतीक हो भन्ने बुझाइमा आधारित भएर सामसङले यो अभियानमार्फत आकांक्षा र पहुँचबीचको दूरी कम गर्ने लक्ष्य राखेको छ । यस अभियानअन्तर्गत नेपालभरि रहेका रेमिट्यान्समा आधारित परिवारहरूलाई प्रिमियम प्रविधि अझ सहज रूपमा उपलब्ध गराउने विशेष अफरहरू प्रस्तुत गरिएको छ ।
अभियानअन्तर्गत ग्राहकले सामसङका विभिन्न उत्पादनमा स्मार्टफोन, सामसङ टीभी, रेफ्रिजेरेटर, वासिङ मेसिनमा अधिकतम ६ प्रतिशतसम्म क्यासब्याक, एनसेल रिचार्जमा अधिकतम १८० जीबी बोनस डेटा, २४ महिनासम्मको ईएमआई सुविधालगायत अफर पाउनेछन् । सामसङ नेपालका एमएक्स बिजनेसका सिनियर डाइरेक्टर प्रणयरत्न स्थापितले सामसङको अभियान विदेशमा काम गर्ने लाखौं नेपालीहरूको आशा र आकांक्षाको प्रतिविम्ब भएको बताए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र