नेभिगेशन
अर्थतन्त्र

नेपाल लाइफको २५औँ वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर

काठमाडौँ । नेपाल लाईफ इन्स्योरेन्सले आफ्नो २५औँ वार्षिकोत्सवको अवसर पारेर निःशुल्क स्वास्थ्य शिविर तथा रक्तदान कार्यक्रम आयोजना गर्ने भएको छ ।

“Life is Precious! Let's uplift it together”भन्ने सन्देशसहित आयोजना हुन लागेको सो कार्यक्रममा सर्वसाधारणलाई निःशुल्क स्वास्थ्य परीक्षण तथा रक्तदानमा सहभागी हुन आह्वान गरिएको छ ।

स्वास्थ्य शिविर वैशाख २१ र २२ गते बिहान ९:३० बजेदेखि साँझ ६:३० बजेसम्म कमलादीस्थित नेपाल लाइफको केन्द्रीय कार्यालयमा सञ्चालन हुनेछ । यस्तै, रक्तदान कार्यक्रम वैशाख २१ गते बिहान ९:३० बजेदेखि दिउँसो २ बजेसम्म कमलादीकै हेरिटेज प्लाजामा आयोजना गरिने जनाइएको छ ।

साथै सोही दिन देशभरका सातै वटा प्रदेशमा वैशाख २१ गते रक्तदान कार्यक्रम आयोजना पनि हुँदैछ ।

कम्पनीले यस कार्यक्रममार्फत् स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै मानव जीवन बचाउन योगदान पु(याउने उद्देश्य राखेको जनाइएको छ । कार्यक्रममा सहभागी भई स्वास्थ्य परीक्षण गराउन तथा रक्तदान गर्न कम्पनीले सबैलाई अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्