नेभिगेशन
दृष्टिकोण

खुम्चियो कर्जा, सुस्तायो अर्थतन्त्र

अर्थतन्त्रमा बैंक तथा वित्तीय संस्थाको कर्जाको माग बढ्न नसक्दा अर्थतन्त्र खुम्चिएको छ । चालु आर्थिक वर्ष २०८२÷८३ को पछिल्लो ८ महिनाको अवधिमा सरकारले बैंकिङ क्षेत्रबाट उपभोग गर्ने खुद कर्जामा २ सय ९३ अर्बले घटेको छ । सरकारको बैंकिङ क्षेत्रबाट हुने कर्जा कमी हुँदा ८ महिनाको अवधिमा शून्य दशमलव ३ प्रतिशतले घट्दा बैंकिङ क्षेत्रबाट प्रवाह हुने कुल कर्जा २२ अर्बले घटेको छ । सरकारको बैंकिङ क्षेत्रबाट प्रवाह हुने कर्जा घट्दा अर्थतन्त्रमा लगानी प्रवाह हुन सकेको छैन ।
त्यसैगरी आर्थिक क्षेत्रमा पछिल्लो ८ महिनाको अवधिमा तीनै तहको सरकारको पुँजीगत खर्च हुन सकेको देखिँदैन । संघ, प्रदेश तथा स्थानीय तहको सरकारले खर्च गर्न नसक्दा नेपाल राष्ट बैंकमा तीनै तहको सरकारको ३ सय ७७ अर्व राष्ट्र बैंकमा मौज्दातको रुपमा रहेको छ । त्यसैगरी पछिल्लो पटक औधोगिक क्षेत्रमा प्रवाह हुने कर्जामा पनि संकुचन आएको छ । सरकारले बैंक तथा वित्तीय क्षेत्रमा प्रवाह गर्ने कर्जाको माग घटेको हु“दा निजी क्षेत्र पनि प्रभावित भएको छ । तीर्नै तहको सरकारले लक्ष्य अनुरुप खर्च गर्न नसक्दा बैंकिङ क्षेत्रमा सरकारी खुद कर्जामा २ सय ९३ अर्वले घट्दा समग्र लगानी प्रभावित हुन पुगेको छ । 
बिगतका वर्षहरुमा वैकको व्याजदर चर्को भएको कारण निजी क्षेत्रले बैंक तथा वित्तीय संस्थावाट कर्जाको माग गर्न सकेनन् । तर, यस पटक बैंक तथा वित्तीय संस्थाको कर्जामा व्याजदर निकै कम हु“दा पनि बैंकको कर्जा माग हुन सकेको छैन । निजी क्षेत्रका निर्माण व्यवसायीले पनि निर्माण कार्यमा संकटकाल घोषणाको माग गरेका छन् । पछिल्लो पटक मध्यपूर्वमा भएको युद्धको प्रभाव अर्थतन्त्रमा परेको देखिन्छ । इरानमाथि अमेरिका र इजरायलले आक्रमण गरे पछि पेट्रोलियम पदार्थको मूल्यमा भएको भारी वृद्धिको कारणले गर्दा पनि कच्चा पदार्थमा भएको मूल्यवृद्धिको कारण निर्माण क्षेत्रमा पनि संकुचन आएको छ । निर्माणजन्य कार्यमा खासै खर्च हुन नसक्दा पनि कर्जाको माग बढ्न नसकेको हो । 
चालु आर्थिक वर्षको ९ महिना बितिसक्दा पनि सरकारको पँुजीगत खर्च निकै निराशाजनक छ । सरकारले बजेटमा लिएको लक्ष्यअनुरुप खर्च गर्न सकेको छैन । चालु आर्थिक वर्षको बजेटमा ४ सय ७ अर्बको खर्चको लक्ष्य लिएको भए पनि ९ महिनाको अवधिमा सरकारले सय अर्ब पनि खर्च गर्न सकेको छैन । सरकारको पुँजीगत खर्च करिब २६ प्रतिशतको हाराहारीमा मात्र छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बैंकहरूमा करिब ७०० अर्बको अतिरिक्त तरलता छ । बैंकमा लगानीयोग्य रकम भएर पनि कर्जा प्रवह हुन सकेन । मुलुकको अर्थतन्त्रमा कर्जाको माग हुन नसक्दा पनि कर्जाका लागि तयार पैसा छ तर उद्यमीहरूले लगानीको डिमान्ड (माग) गरिरहेका छैनन् । निजी क्षेत्रको कर्जा वृद्धि यो आर्थिक वर्षको १० महिनामा करिब ४ प्रतिशतमात्र भएको छ जबकि लक्ष्य १२.६ प्रतिशतको थियो ।
उद्योगहरू क्षमताभन्दा कममा सञ्चालन भइरहेका छन् । विश्व बैंकले यो वर्षको आर्थिक वृद्धि दर २.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । सबैभन्दा चिन्ताको कुरा निजी क्षेत्रको मनोबल केही वर्षयता उल्लेख्य रूपमा घटेको छ । साना र मझौला उद्यमीसँग कर्जामा पहुँच पुगेको छैन ।
अहिले मुलुकको अवस्था हेर्दा आर्थिक अवस्था विशेष गरी आन्तरिक क्षेत्र समस्यामा छ । बाह्य क्षेत्र त राम्रै देखिएको छ, एक्सपोर्ट पनि बढेको देखिन्छ, ब्यालेन्स अफ पेमेन्ट पनि राम्रै देखिएको छ । तर आन्तरिक क्षेत्रचाहिँ समस्यामा छ । एग्रिगेट डिमान्ड घटेर तीन वर्षदेखि समस्या नै छ । त्यसले गर्दा उद्योग व्यवसायहरूको न्यून क्षमतामा चलिरहेको अवस्था छ ।
सर्वसाधारण जनताको चाहिँ क्रयशक्ति घटेको छ । किनभने पुँजी निर्माण भएको छैन । सरकारले पुँजी निर्माण गर्नलाई पुँजीगत लगानी नगरेको देखिन्छ । पुँजीगत लगानी प्रत्येक वर्ष घटेर आइरहेको अवस्था छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्