नेभिगेशन
प्रदेश

अर्घाखाँची बस दुर्घटनामा मृतकको संख्या ४ पुग्यो, २३ घाइते, ४ गम्भीर

अर्घाखाँची । अर्घाखाँचीको पाणिनी गाउँपालिकाको दुर्गाफाट कुरुलेमा भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या चार पुगेको छ ।  दुर्घटनामा २३ जना घाइते भएका छन् ।
सन्धिखर्क घुम्ती तानसेन पाल्पा सडकखण्ड अन्तर्गत पाणिनी–८ को कुरुलेफाट नजिक दुर्घटना हुँदा २ जनाको घटनास्थलमै, एक जनाको उपचारका क्रममा अर्घाखाँची अस्पताल र चालकको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पामा  मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।
घाइतेमध्ये चार जनाको अबस्था गम्भीर रहेको छ । घाइतेहरुको लुम्बिनी मेडिकल कलेज प्रभास पाल्पा र भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ । अर्घाखाँची अस्पतालका घाइते पनि उपचारका लागि भैरहवा मेडिकल कलेज पठइएको छ । घटनामा अधिकांश मोदी गाउँपालिका पर्वतका मानिसहरु परेको प्रहरीको भनाइ छ । सुपा देउराली दर्शन गरी पर्बत फर्किदै गरेको पर्वतको ध १ ख ५०४ नम्बरको गाडी दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ।
प्रारम्भिक जानकारी अनुसार गाडीको ब्रेक फेल भएर दुर्घटना भएको र बस सडकबाट जंगलमा लगभग १०० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप प्रदेश
खरायो पैँचो लोकप्रिय हुँदै

खरायो पैँचो लोकप्रिय हुँदै

बजेट अभावले गैँडा गणना स-यो

बजेट अभावले गैँडा गणना स-यो