नेभिगेशन
अर्थतन्त्र

सेजन अध्यक्षमा भट्टराई

काठमाडौं, २१ भदौ - नेपाल आर्थिक पत्रकार समाज (सेजन)को अध्यक्षमा भागवत भट्टराई निर्वाचित भएका छन् । शनिबार सम्पन्न निर्वाचनमा भट्टराई ११० मतसहित विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेद्वार विश्वास रेग्मीले ९२ र आशा थपलियाले ४१ मत पाए । 

उपाध्यक्ष पदमा जीवनकुमार बस्नेतको एकल उम्मेदवारी परेपछि निर्विरोध भएका छन् । महासचिवमा कमल बस्नेतले १३९ मत प्राप्त गर्दै निर्वाचित भए भने उनका प्रतिस्पर्धी अच्युत पुरीले १०४ मत पाए । सचिव पदमा शंकर पण्डित निर्विरोध भइसकेका छन् ।

कोषाध्यक्ष पदमा केशु लामिछाने १३३ मत प्राप्त गरी विजयी भइन् । उनकी प्रतिद्वन्द्वी ममता थापाले १०८ मत पाइन् ।

सदस्य पदका ६ जना प्रतिस्पर्धीमध्ये सीमा तामाङ, कमल धिताल, भोजराज भण्डारी, राजु बास्कोटा र अर्जुन तामाङ निर्वाचित भएका छन् । भरतबहादुर रावल निर्वाचित हुन सकेनन् । 

नवनिर्वाचित कार्यसमितिलाई प्रमाणपत्र वितरण गरिएको छ । प्रमुख निर्वाचन अधिकृत धर्मेन्द्र झाले प्रमाणपत्र वितरण गरेका हुन् । त्यस अवसरमा उनले नवनिर्वाचत कार्यसमितिले सेजनको गरिमालाई थप उचो बनाउँदै आर्थिक क्षेत्रका मुद्दा उठानमार्फत नेपाली मिडियामा सशक्त उपस्थिति जनाउने विश्वास व्यक्त गरे । 

सेजनमा आर्थिक ‘बिट’मा पत्रकारिता गर्दै आएका २६६ जना आबद्ध छन् भने निर्वाचनमा २४६ मत खसेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्