नेभिगेशन
खेलकुद

आइपिएलः कोलकातालाई हराउँदै आरसिबी शीर्ष स्थानमा

रायपुर । विराट कोहलीको अविजित शतकीय इनिङ्सको मद्दतले रोयल च्यालेन्जर्स बेन्गलुरु (आरसिबी) ले इन्डियन प्रिमियर लिग आइपिएलमा कोलकाता नाइट राइडर्सलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै आरसिबी अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ ।
रायपुरमा बुधबार राति सम्पन्न खेलमा कोलकाताले दिएको १९३ रनको लक्ष्य आरसिबीले १९.१ ओभरमा ४ विकेट गुमाएर पूरा गरेको हो ।
आरसिबीको जितका नायक विराट कोहली रहे । उनले ६० बलमा १०५ रनको विस्फोटक अविजित इनिङ्स खेले । उत्कृष्ट ब्याटिङ गरेका कोहली ‘प्लेयर अफ द म्याच’ बने ।
पहिले ब्याटिङ गरेको कोलकाताले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रनको चुनौतीपूर्ण योगफल खडा गरेको थियो । तर, कोहलीको लयका अगाडि कोलकाताका बलर निरिह देखिए ।
पहिले ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ४ विकेट गुमाउँदै १९२ रन बनायो । कोलकाताका लागि अंगकृष रघुवंशीले उत्कृष्ट प्रदर्शन गर्दै ४६ बलमा ७१ रन बनाए । उनको इनिङ्समा ७ चौका र ३ छक्का समावेश थिए ।
अन्त्यतिर रिंकु सिंहले आक्रामक ब्याटिङ गर्दै २९ बलमा अविजित ४९ रनको महत्वपूर्ण योगदान दिए । इनिङ्सको सुरुवातमा फिन एलेनले ८ बलमा १८ रनको तेज पारी खेले भने कप्तान अजिंक्य रहाणेले १३ बलमा १९ रन जोडे । क्यामरन ग्रीनले पनि २४ बलमा ३२ रनको योगदान दिए ।
तालिकाको शीर्ष स्थानमा उक्लिएको आरसिबीले १२ खेल खेल्दै आठ जित निकाल्दै १६ अंक जोडेको छ । समान अंक भए पनि गुजरात टाइनेन्स रनरेटका आधारमा दोस्रो स्थानमा छ । ११ खेल खेलेको कोलकाता भने ९ अंकसहित आठौं स्थानमा छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्