नेभिगेशन
नेपाल

बानेश्वर क्षेत्रमा राति १० बजेसम्म कर्फ्यु

काठमाण्डौ, २३ भदौ - काठमाण्डौ जिल्ला प्रशासन कार्यालयले बानेश्वर क्षेत्रमा राति १२ बजेसम्मका लागि कर्फ्यु आदेश जारी गरेको छ । 

बानेश्वर चोकदेखि पश्चिममा एभरेष्ट होटल हुँदै बिजुलीबजार पुलसम्म, पूर्वमा मीन भवन, शान्ति नगर हुँदै तीनकुनेसम्म, उत्तरमा आइप्लेक्स मल हुँदै रत्न राज्य माविसम्म र दक्षिणतिर शंखमूल ओरालो हुँदै शंखमूल पुलसम्म कर्फ्यु लगाएको प्रशासनले जानकारी दिएको छ । 

प्रमुख जिल्ला अधिकारी छविलाल रिजालले जारी गरेको प्रेस विज्ञप्तिमा अपरान्ह १२:३० देखि राति १० बजेसम्म कसैले आवतजावत गर्न, कुनै प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएको छ । 

स्थानीय प्रशासन ऐन २०२८ को दफा ६क बमोजिम बानेश्वर क्षेत्रमा कर्फ्यु आदेश जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्