नेभिगेशन
नेपाल

गृहमन्त्री रमेश लेखकले दिए राजीनामा

काठमाण्डौ, २३ भदौ - जेनजी प्रदर्शनमा १९ जनाको मृत्युपछि गृहमन्त्री रमेश लेखकले राजीनामा दिएका छन् । सोमबारको घटनामा आफूले नैतिक जिम्मेवारी लिनुपर्ने बताउँदै लेखकले राजीनामा दिएका हुन् । 

सोमबार नै उनले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका हुन् । त्यसअघि नेपाली काङ्ग्रेसको बैठकमा नेताहरुबाटै उनलाई नैतिकताका आधारमा पदमा बस्न नहुने दवाब परेको थियो ।

नेता डा.शेखर कोइरालाले सामाजिक सञ्जालमार्फत नै उनको राजीनामा मागेका थिए । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्