नेभिगेशन
खेलकुद

नेपाल काभा महिला भलिबलको सेमिफाइनलमा

काठमाडौं । काभा महिला भलिबल च्याम्पियनसिप अन्तर्गत नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ ।
समूह ‘ए’ को आफ्नो अन्तिम खेलमा नेपालले माल्दिभ्सलाई सोझो सेटमा पराजित गर्दै अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा आज भएको खेलमा नेपालले माल्दिभ्सलाई २५–१२, २५–९ र २५–२० ले हरायो ।
लगातार दोस्रो जित निकालेको नेपालले तीन खेलबाट ७ अंक जोड्दै समूह ‘ए’ को शीर्ष स्थानमा उक्लिएको छ । भारत दुई खेलबाट ५ अंकसहित दोस्रो स्थानमा रहेको छ भने किर्गिस्तान ३ अंकसहित तेस्रो स्थानमा छ ।
अब सोमबार हुने भारत र किर्गिस्तानबीचको खेलपछि यस समूहबाट सेमिफाइनल पुग्ने दोस्रो टोलीको टुङ्गो लाग्नेछ ।
यसअघि समूह ‘बी’ बाट काजाकिस्तान र इरानले सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्