नेभिगेशन
अर्थतन्त्र

सहिदपुत्रीको सपनामा साथ दिन घरमै पुगे गोल्यान

चितवन । सहिदपत्नी सुनिता राईका लागि शनिबार बिहान विशेष बन्यो । छोरीको शिक्षाको दायित्व बहन गरेको गोल्यान ग्रुपका अध्यक्ष तथा प्रबन्ध निर्देशक अक्षय गोल्यान एकाबिहानै उनको भरतपुर–११, बसेनीस्थित निवासमा पुगे । ‘छोरीलाई बधाई दिन आएको,’ उनले भने, ‘उहाँ (सहिद सारकुमार) ले छोडेर गएको सपना पूरा गर्न हाम्रो पूरापर साथ छ, त्यसैले खुसी साँट्न हामी यहीँ आएका हौं ।’
गोल्यानले अहिले सुनिता–सारकुमारकी छोरी आकृतीसहित ३२ जना आन्दोलनका सहिदका सन्तानहरुलाई पढाइरहेको छ । उनीहरुको शिक्षामा जनही मासिक ४० हजारका दरले वार्षिक ४ लाख ८० हजार रुपैयाँ शैक्षिक खर्च व्यहोर्छ । गोल्यानबाट शैक्षिकवृत्ति पाएकामध्ये यसपटक सुनिता र स्वर्गीय सारकुमारकी १५ वर्षीया छोरी आकृती एसईई उत्तीर्ण गर्ने पहिलो सहिद सन्तान हुन् । उनले चितवनको मनशिक्षा मन्दिर आवासीय माध्यमिक विद्यालयबाट २०८२ को एसईई ३.४० जीपीए ल्याएर उत्तीर्ण गरिन् ।
आकृतीले एसईईमा प्राप्त गरेको उपलब्धिलाई विशेष भन्दै गोल्यान ग्रुपका प्रतिनिधि बधाई व्यक्त गर्न उनको घरमै पुगेका हुन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्