नेभिगेशन
खेलकुद

अर्थशास्त्रीको फुटबल भविष्यवाणी

सन् २०१० को पल अक्टोपस तपाईंलाई कत्तिको याद छ ? त्यो अक्टोपसले जर्मनीले जित्ने भविष्यवाणी गरेर उसलाई संसारले नै ‘दैवी ज्ञान भएको’ अक्टोपस नामसमेत पाएको थियो ।
यतिबेला त्यो खिताप भने जर्मन अर्थशास्त्रीले पाउने सम्भावना बढेर गएको छ । जोआकिम क्लेमेन्टले त पल अक्टोपसलाई समेत उछिनेको बीबीसीले लेखेको छ । 
उनको जटिल भविष्यवाणी गर्ने मोडेलले सन् २०१४ देखि विश्वकप विजेताको सही भविष्यवाणी गर्दै १००% रेकर्ड कायम गरेको छ । यदि नेदरल्याण्ड्सले जुलाईमा ट्रफी उठाए भने क्लेमेन्टको सांख्यिकीय भविष्यवाणीलाई पूरा गर्ने चौथो टोली बन्नेछ । विजेताको भविष्यवाणीका साथै उनको मोडेलले ४८ टोलीको विश्वकप टुर्नामेन्टको विस्तृत चित्रण पनि गरेको छ— जसमा ब्राजिलविरुद्ध दोस्रो चरणमा जापानको आश्चर्यजनक जितदेखि स्कटल्याण्ड दक्षिण कोरियासँग सोही चरणमा हार्नेसम्मका कुराहरू छन् । इङ्ल्यान्ड सेमिफाइनलसम्म पुग्ने र पोर्चुगलले २००६ पछिको २० वर्षपछि फेरि उसलाई नकआउट गर्ने अनुमान गरिएको छ— यद्यपि मोडेलले ‘फेरि पेनाल्टी’ भनेर भन्न भने टारेको छ । आफूलाई ‘निराशावादी’ भन्न रुचाउने क्लेमेंट र १० वर्षदेखि बेलायतमा बस्दै आएका छन् । यो अनुसन्धान कसैलाई दुःखबाट बचाउन वा ठूलो जुवा जित्नका लागि होइन । बरु उनले नतिजाहरूको भविष्यवाणी गर्न प्रयास गर्ने मानिसहरूको ‘अहंकार’ उजागर गर्न खोजेका थिए ।
‘यो सुरुमा अर्थशास्त्रीहरूको अहंकार देखाउने अभ्यास थियो, जसले उनीहरूले वास्तवमा केही पनि थाहा नभएको कुराको भविष्यवाणी गर्न सक्छन् भन्ने सोच्छन्,’ क्लेमेंटले भने, ‘अहिले यो भाग्यले पटक–पटक सही भएपछि मानिसहरूले तपाईंलाई गुरु ठान्ने अभ्यास बनेको छ ।’ उनको पहिलो भविष्यवाणी सन् २०१४ मा आफ्नै देश जर्मनीले विश्वकप जितेपछि सत्य साबित भयो । त्यसपछि सन् २०१८ मा फेरि गर्नुपर्दा यो भाग्यको संयोग मात्र हो भन्ने देखाउने सोचेका थिए । तर २०१८ मा फ्रान्स र २०२२ मा अर्जेन्टिना पनि सही भयो । ‘म तीन पटक लगातार सही भएपछि अब मानिसहरूले यो मोडेललाई अजेय ठानेका छन् र म अर्को पटक पनि सही हुनैपर्छ भन्ने सोच्छन्,’ उनले भने । विश्वकप सफलता केही हदसम्म जनसंख्या, धन, जलवायु र फिफा वरियताजस्ता ‘व्यवस्थागत’ कारकहरूबाट प्रभावित हुन्छ भन्ने सत्य हो । तर क्लेमेंटले आफ्नो हरेक चार वर्षमा प्रकाशित हुने यो भविष्यवाणी पढ्नेहरूलाई चटनीका रुपमा  लिन आग्रह गर्छन् किनभने यी कारकहरूले कथा मात्र आधा मात्र बताउँछन् । ‘बाँकी ५०% भाग्य हो,’ उनले थपे, ‘हरेक खेल विशेष गरी उच्च गुणस्तरका टोलीहरूबीचको खेलमा दिनको फर्म, रेफ्रीको निर्णय, पोस्टमा लागेर फर्किने वा गोल हुने जस्ता कुरामा निर्भर हुन्छ । यी कुराहरू पूर्ण रूपमा अप्रत्याशित हुन्छन् ।
टुर्नामेन्ट नजिकिँदा हरेक पटक क्लेमेंटको मोडेलले पाठकहरूलाई फिल गुड गराउनेछ । संसारका नकारात्मक कुराहरूबाट केही समयका लागि भए पनि हटाउने यो उत्तम उपाय हो । यसले उनीमाथि अपेक्षाको भार पनि बढाउँदै जान थालेको छ ।
प्यानम्योर लिबेरम इन्भेस्टमेन्ट बैंकमा रणनीतिकारको रूपमा काम गर्ने उनी हाँस्दै भन्छन्, ‘विश्वकपमा मैले प्रकाशित गरेको नोटको जवाफमा केही सहकर्मीहरूले नेदरल्याण्ड्समा पैसा लगाएका छन् । यदि नेदरल्याण्ड्स विश्वकपबाट बाहिरियो भने साथीहरूको पैसा डुबाएका कारण मैले अफिस जान छाडेर घरबाटै काम गर्नुपर्ने हुनसक्छ ।’

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्