नेभिगेशन
दृष्टिकोण
सम्पादकीय

जनताको आशाको बजेट

बजेट मुलुकको अर्थ व्यवस्थाको आधिकारिक आर्थिक दस्तावेज हो । बजेटले मुलुकको अर्थव्यवस्थाको अवस्था र सरकारको योजना तथा कार्यक्रमको लिखित दस्ताबेजको रुपमा सरकारले प्रस्तुत गर्ने गर्छ । बजेटले मुलुकको आर्थिक, सामाजिक विकासको मार्गचित्र कोरेको हुन्छ । जनताको जीवन र मुलुकको अर्थतन्त्रको खाका र मार्गदर्शनका रुपमा प्रस्तुत गरिने बजेटलाई आम जनताले आफ्नो मुलुक तथा नागरिकको भविष्यको रुपमा जोड्न सक्नु पर्छ । हरेक अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेटमा आम जनताको भविष्य र समृद्धिसँग जोडिएको दस्ताबेज भएकाले बजेट हरेक सरकारको लागि महŒवपूर्ण दस्तावेज र आधार हो । 
यस पटकको बजेट राष्ट्रिय स्वतन्त्र पार्टीको झण्डै दुई तिहाई जनमत पाएको सरकारले पेश गर्ने बजेट भएकाले पनि यो बजेटलाई जनस्तरमा महŒवको साथ हेरिएको छ । त्यसै गरी मुलुकको अर्थतन्त्र र अन्तर्राष्ट्रिय आर्थिक अवस्थालाई राम्रोसँग बुझेका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पहिलो पटक संसद्मा प्रस्तुत गर्ने बजेटप्रति आम नागरिक तथा निजी क्षेत्रले निकै चासोको साथ हेरेको अवस्था छ । प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकार गठन भएलगत्तै सरकारले सय बुँदे कार्यक्रम घोषणा गर्दै जनतालाई सुशासन र शासकीय सुधारको अनुभूति दिने प्रतिबद्धता जनाएको हुँदा पनि सरकारको लक्ष्य र कार्यक्रमहरुलाई यो बजेटले समावेश गर्नुपर्ने अवस्था छ । त्यसैले पनि अर्थमन्त्री स्वर्णिम वाग्लेको बजेट विगतको परम्परागत ढर्रा र शैलीभन्दा पक्कै पनि फरक धरातलमा रहेर आउने अनुमान गरिएको छ । 
बजेट सामान्य किसान, श्रर्मिक मजदुर, ठूला उद्यमी व्यवसायीदेखि हरेक तह र वर्गमा जनताले अपनत्व गर्न सक्ने दस्तावेज बन्न सक्नु पर्छ । सरकारको बार्षिक आम्दानी तथा खर्चको रुपमा प्रस्तुत गरिन्छ । हरेक सरकारको आर्थिक तथा विकासको मार्गचित्रको रुपमा अर्थमन्त्रीले प्रस्तुत गर्ने बजेटमा  नेपालको कुल राष्ट्रिय वचतमा सुधार भए पनि कुल गार्हस्थ्य वचत थप खस्किएको उल्लेख गरिएको छ । त्यसैगरी अर्थमन्त्री डा. स्वर्णीम वाग्लेले बुधबार संघीय संसद्को दुवै सदनमा पेश गरेको आर्थिक सर्वेक्षण २०८२÷८३ मा कुल गार्हस्थ्य वचत घटेको उल्लेख गरिएको छ । यो बजेटम नागरिकको विश्वास र भरोसा पनि बढी हुनु स्वाभाविक छ । किनभने जनताबाट अपार जनमत पाएर बनेको यो सरकारलाई जनतालाई आश्वासन र नाराभन्दा पनि जनताको जीवनमा वास्तविक परिवर्तन ल्याउन सक्ने योजना कार्यक्रम ल्याउन आवश्यक छ । सरकारले निजी क्षेत्रलाई विश्वासमा लिन सक्ने लगानीमैत्री वातावरणको निर्माण गर्नुपर्ने चुनौती पनि छ । किनभने पछिल्लो पटक अर्थतन्त्रमा लगानी आकर्षित हुन सकेको अवस्था छैन । युवाहरुको बाहुल्य रहेको सरकार भएको हुँदा पनि युवा सिर्जनशीलता र उद्यमशीलताको कार्यक्रम बजेटमा समावेश पक्कै हुने छन् । आज पनि ठुलो संख्यामा हाम्रा युवा वैदेशिक रोजगारीका लागि विदेश जान बाध्य छन् । मुलुकभित्र युवालाई रोजगारीको अवसर र उद्यमशीलतको वातावरण बजेटमा नारा र भाषणभन्दा पनि व्यवहारमा अनुभूत गर्न सक्ने खालको कार्यक्रम समावेश हुनु पर्छ । 
ग्रामीण अर्थतन्त्र र कृषिको समस्या ओझेलमा परेको छ । कृषि उत्पादन घट्दो अवस्थामा छ । कृषकका अनगिन्ती समस्याहरु छन् । साना किसानको जीवनस्तरमा सुधार आउन सकेको छैन । रासायनिक मल, कृषि औजार, प्रविधि, कृषि बीमा र कृषि कर्जाको सहज पुहँच पुग्न सकेको छैन । अर्थतन्त्रमा रहेको कमिसन र बिचौलियातन्त्रले अर्थ व्यवस्थामा कब्जा जमाएको अवस्था छ । अर्थमन्त्रीले अर्थ व्यवस्थाको चुनौतीलाई पक्कै पनि बुझेर यस पटक आउने बजेटले नागरिकको अपेक्षा र भरोसालाई सम्बोधन गर्न सक्नु पर्ने चुनौती छ । लामो समयपछि बहुमत पाएको सरकार मुलुकले पाएको अवस्था छ । अहिलेको अवस्थालाई बुझेर अर्थमन्त्रीले जनताको भरोसा र विश्वास कायम राख्ने गरी बजेट आउने अनुमान गरिएको छ । 
अर्थमन्त्रीले पक्कै पनि यस पटकको अवसरलाई मुलुकको अर्थतन्त्रलाई सही बाटोमा हिँडाउन सक्ने मौका र चुनौती दुवै प्राप्त भएको छ । त्यस कारण पनि यस पटक प्रस्तुत हुने बजेटले विगतका कमी कमजोरीलाई सुधार गर्दै राम्रा पक्षहरुलाई निरन्तर दिने विश्वास गरिएको छ । बजेटप्रति आम नागरिकको आशा र भरोसा बढ्नु सामान्य नै हो । बजेटमा मुलुकको ग्रामीण अवस्था, कृषि अर्थतन्त्र, कर, राजश्व तथा सरकारको आम्दानी तथा राजश्व र खर्च व्यवस्थापनलाई महŒवको साथ लिने गरिन्छ । नेपाली अर्थतन्त्रका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवस्थाका जानकार परिचित अर्थशास्त्री डा स्वर्णीम वाग्लेले प्रस्तुत गर्ने बजेट नेपाली जनताको ठुलो आशा र भरोसाको मार्ग चित्र बन्ने आशा र विश्वास गरिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप दृष्टिकोण