नेभिगेशन
खेलकुद

‘रोड टु यूएफसी’ प्रतियोगितामा रविन्द्र ढाँटको सानदार जित, सेमिफाइनल प्रवेश

काठमाडौँ । नेपाली एमएमएका उदाउँदा स्टार रविन्द्र ढाँट ‘रोड टु यूएफसी’ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
चीनको मकाउमा जारी क्वार्टरफाइनल भिडन्तमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै उनले सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
ढाँटले दोस्रो राउन्डमै प्रतिस्पर्धीलाई पराजित गर्दै प्रभावशाली जित हासिल गरे ।
यो प्रतियोगिता एसिया–प्रशान्त क्षेत्रका उत्कृष्ट फाइटरहरूलाई विश्वप्रसिद्ध यूएफसीसम्म पुग्ने अवसर दिने महत्वपूर्ण मञ्च मानिन्छ ।
घरेलु तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा निरन्तर उत्कृष्ट प्रदर्शन गर्दै आएका ढाँटको सफलताले नेपाली एमएमए खेललाई नयाँ उचाइमा पुर्‍याउने अपेक्षा गरिएको छ ।
जितपछि उनले विश्वभर रहेका नेपाली समर्थकप्रति आभार व्यक्त गर्दै आगामी खेलमा पनि यस्तै प्रदर्शन दोहोर्‍याउने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद