नेभिगेशन
खेलकुद

काभा महिला भलिबलमा इरानसँग नेपाल पराजित

काठमाडौं । काभा महिला भलिबल प्रतियोगिताको सेमिफाइनलमा नेपाल साबिक विजेता इरानसँग ३–० को सोझो सेटमा पराजित भएको छ ।
बिहीबार राष्ट्रिय खेलकुद परिषद्को कर्भडहलमा भएको खेलमा नेपालले इरानको चुनौती सामना गर्न सकेन ।
पहिलो सेट २०–२५ ले गुमाएको नेपालले दोस्रो सेट १५–२५ र तेस्रो सेट ११–२५ ले हारेको हो ।
यस हारसँगै नेपाल अब तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्नेछ । नेपालले शुक्रबार भारतसँग खेल्नेछ ।
समूह चरणमा पनि भारतले नेपाललाई ३–२ को सेटमा पराजित गरेको थियो । उता पहिलो सेमिफाइनलमा भारत काजाकिस्तानसँग ३–० को सोझो सेटमै पराजित भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्