नेभिगेशन
प्रदेश

झापाको एमाले पार्टी कार्यालयमा आगजनी

झापा, २४ भदौ । आन्दोलनरत जेनजी प्रदर्शनकारीहरुले एमाले पार्टी कार्यालय झापामा आगजानी गरेका छन् । सोमबार प्रहरीको अन्धाधुन्द गोली प्रहारबाट १९ जनाको जेनजीको मृत्यु भएपछि आक्रोशित युवाहरुले आज बिहान एमाले पार्टी कार्यालयमा आगजनी गरेका हुन् । 

देशैभरी स्वतस्फूर्त रुपमा युवाहरु सरकार विरोधी नारा लगाउँदै आन्दोलनमा छन् । देशका प्रमुख शहरहरुमा निषेधाज्ञा (कर्फ्यु) जारी गरिए पनि त्यसको बेवास्ता गर्दै आक्रोशित नागरिकहरु सडकमा उत्रिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्