नेभिगेशन
प्रदेश

जेनजी प्रदर्शनकारीहरुले सुदूरपश्चिमका मुख्यमन्त्री शाहको गाडी तोडफोड गरे

कैलाली, २४ भदौ - जेनजी प्रदर्शनकारीहरुले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री कमलबहादुर शाहको गाडीमा तोडफोड गरेका छन् । उनीहरु मुख्यमन्त्री कार्यालयमा प्रवेश गरेर मुख्‍यमन्त्रीको गाडि तोडफोड गरेका हुन् ।

सोमबार प्रहरीको अन्धाधुन्द गोली प्रहारबाट १९ जनाको जेनजीको मृत्यु भएपछि आक्रोशित युवाहरु आज बिहानैदेखि प्रदर्शनमा सहभागी भएका छन् । 

देशैभरी स्वतस्फूर्त रुपमा युवाहरु सरकार विरोधी नारा लगाउँदै आन्दोलनमा छन् । देशका प्रमुख शहरहरुमा निषेधाज्ञा (कर्फ्यु) जारी गरिए पनि त्यसको बेवास्ता गर्दै आक्रोशित नागरिकहरु सडकमा उत्रिएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्