नेभिगेशन
नेपाल

रमेश लेखकको निवासमा तोडफोड र आगजनी

काठमाडौं, २४ भदौ – हालै गृहमन्त्री पदबाट राजीनामा दिएका रमेश लेखकको नैकापस्थित निवासमा जेनजी आन्दोलनकारीले तोडफोडपछि आगजनी गरेका छन् ।

शुक्रबार बिहानैदेखि प्रदर्शनकारीहरूको ठूलो भीड लेखकको घर वरिपरि जम्मा भएको थियो । त्यही क्रममा उग्र बनेका युवाहरूले घरमा आगो लगाएका हुन् ।

यसबाहेक अन्य शीर्ष नेताहरूको निवासमा समेत प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गर्ने घटनाहरू दोहोरिइरहेका छन् । सुरक्षाकर्मीहरु स्थितिलाई नियन्त्रणमा लिन प्रयास गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्