नेभिगेशन
नेपाल

ओलीले आह्वान गरे सर्वदलीय छलफल

काठमाडौं, २४ भदौ – प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ छ बजे सर्वदलीय बैठक आह्वान गरेका छन् । उनले उत्पन्न परिस्थितिको मूल्यांकन गर्न सार्थक निष्कर्षका लागि सम्वद्ध पक्षसँग संवादमा रहेको बताएका छन् । 

'हिजो राजधानी र देशको विभिन्न भागमा भएको प्रदर्शन र त्यसपछिको घटनाप्रति दुखी छु' उनले भनेका छन्, 'कुनै पनि रुपको हिँसा राष्ट्रको हितमा नहुने र शान्तिपूर्ण संवादको माध्यमबाट समाधान खोज्ने परिपाटी नै हामीले अपनाउने विधि हो ।'

प्रधानमन्त्री ओलीले एक प्रेस विज्ञप्तिमार्फत यो विषम परिस्थितिमा संयम रहन विनम्र अनुरोध गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्