नेभिगेशन
नेपाल

खानेपानी मन्त्री प्रदीप यादवले पनि राजीनामा दिए

काठमाडौं, २४ भदौ - खानेपानी मन्त्री प्रदीप यादवले पदबाट राजीनामा दिएका छन् । जसपाका नेता समेत रहेका यादव पछिल्ला घटनापछि सरकारबाट बाहिरिने तेस्रा मन्त्री बनेका हुन् ।

यसअघि गृहमन्त्री र कृषि तथा पशुपन्छी मन्त्रीले पनि राजीनामा दिएका थिए ।

युवाहरूको आन्दोलनप्रति समर्थन र सरकारको दमनकारी कदमविरुद्ध विरोध जनाउँदै मन्त्री पद त्यागेको यादवले सामाजिक सञ्जालमार्फत घोषणा गरेका छन् । "प्रिय युवा दाजुभाइ तथा दिदीबहिनीहरू, तपाईंहरू नै मेरो ऊर्जा र प्रेरणाका स्रोत हुनुहुन्छ," उनले लेखेका छन्, "जेनजी पुस्ताले गरेको आन्दोलनलाई समर्थन गर्दै र दमनको विरोध स्वरूप म खानेपानी मन्त्रालयको जिम्मेवारीबाट अलग भएको छु ।"

यादवले सबैलाई संयमता अपनाउन र युवाहरूलाई सकारात्मक दिशामा अघि बढ्न मार्गदर्शन गर्न आग्रह पनि गरेका छन् ।

पर्साबाट निर्वाचित सांसद यादव विगत लामो समयदेखि जसपाका सक्रिय नेतामध्ये एक मानिन्छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्