नेभिगेशन
नेपाल

कांग्रेसका महामन्त्री गगनकुमार थापा निवासमा आगजनी

काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा निवासमा आगजनी गरिएको छ । रातोपुलस्थित थापाको निवासमा प्रदर्शनकारीले आगजनी गरेका हुन् ।

सोमबार बानेश्वरमा प्रहरीको अन्धाधुन्द गोली प्रहारबाट १९ जनाको जेनजीको मृत्यु भएपछि आक्रोशित युवाहरु आज बिहानैदेखि प्रदर्शनमा सहभागी भएका छन् । 

देशैभरी स्वतस्फूर्त रुपमा युवाहरु सरकार विरोधी नारा लगाउँदै आन्दोलनमा छन् । देशका प्रमुख शहरहरुमा निषेधाज्ञा (कर्फ्यु) जारी गरिए पनि त्यसको बेवास्ता गर्दै आक्रोशित नागरिकहरु सडकमा उत्रिएका छन् । 

प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घर र पार्टी कार्यालयमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्