नेभिगेशन
नेपाल

राष्ट्रपतिको बोहराटारस्थित घरमा आगजनी

काठमाडौं, २४ भदौ - रास्ट्रपति रामचन्द्र पौडेलको घरमा जेनजी प्रदर्शनकारीहरुले तोडफोडसहित आगजनी गरेका छन् । 

आज बोहरातारस्थित पौडेलको निवासमा आगजनी गरी घर अगाडि प्रदर्शन गरेका हुन् । 

सोमबार बानेश्वरमा प्रहरीको अन्धाधुन्द गोली प्रहारबाट १९ जनाको जेनजीको मृत्यु भएपछि आक्रोशित युवाहरु आज बिहानैदेखि प्रदर्शनमा सहभागी भएका छन् । 

देशैभरी स्वतस्फूर्त रुपमा युवाहरु सरकार विरोधी नारा लगाउँदै आन्दोलनमा छन् । देशका प्रमुख शहरहरुमा निषेधाज्ञा (कर्फ्यु) जारी गरिए पनि त्यसको बेवास्ता गर्दै आक्रोशित नागरिकहरु सडकमा उत्रिएका छन् । 

प्रदर्शनकारीहरूले विभिन्न नेताहरूको घर र पार्टी कार्यालयमा पुगेर ढुंगामुढा र आगजनी गरिरहेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्