नेभिगेशन
नेपाल

प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं, २४ भदौ – जेनजी पुस्ताद्वारा सुरु गरिएको आन्दोलन चर्किँदै जाँदा प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएका छन् । उनले राष्ट्रपतिसमक्ष राजीनामा पेश गरेका छन् ।

सोमबारदेखि राजधानीमा सुरु भएको आन्दोलनले हिंसात्मक रूप लिएपछि मात्रै ओली पद त्याग्न बाध्य भएका हुन् । आन्दोलनकै क्रममा सोमबार मात्र १९ युवाले ज्यान गुमाएका थिए भने मंगलबार बिहानदेखि देशभर प्रदर्शन झन् तीव्र बनेको छ ।

प्रदर्शनकारीहरूले शीर्ष नेताहरूका निवास, पार्टी कार्यालय, सरकारी निकाय र प्रहरी भवनमा तोडफोड तथा आगजनी गरेका छन् । काठमाडौंसहित प्रमुख शहरहरूमा निरन्तर प्रदर्शन भइरहेका छन् ।

स्थिति नियन्त्रणमा लिन मन्त्रीहरूलाई समेत सुरक्षाको कारण सेनाको हेलिकप्टरमार्फत अन्यत्र सारिएको अधिकारीहरूले जनाएका छन् ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्