नेभिगेशन
नेपाल

बालेनको आन्दोलनकारी युवाहरूलाई संयमित हुन आग्रह

काठमाडौं, २४ भदौ – काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहले आफ्नो स्टाटसमा प्रधानमन्त्रीको राजीनामा आइसकेको उल्लेख गर्दै अब आन्दोलनकारी युवाहरू संयमित हुन आग्रह गरेका छन् । 

"प्रिय जेनजी, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ। अब संयमित हुनुहोला," उनले लेखेका छन् ।

उनले आन्दोलनका क्रममा भएको जनधनको क्षति अन्ततः जनताकै सम्पत्तिको क्षति हुने भन्दै सतर्क रहन सुझाव दिएका छन् । साथै, अब देशको नेतृत्व जेनजी पुस्ताले गर्नुपर्ने समय आएको उनको भनाइ छ ।

उनले हाल भइरहेको आन्दोलनलाई शुद्ध जेनजी पुस्ताको आन्दोलन भनेर स्पष्ट पारेका छन् । स्टाटसमा उनले सेना प्रमुखसँग वार्ता गर्न तयार रहनु पर्ने उल्लेख गर्दै वार्तामा जाने पूर्वशर्तका रूपमा संसद् विघटन हुनु जरुरी हुने टिप्पणी गरेका छन् ।

बालेंनको स्टाटस :

हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त Gen Z को आन्दोलन हो ।
प्रिय Gen Z, तपाईंहरूको हत्याराको राजीनामा आइसकेको छ । अब संयमित हुनुहोला !!
देशको जनधनको क्षति भनेको तपाईं हाम्रै सम्पत्तिको क्षति हो ।
तपाईं–हामी अब संयमित हुनु जरुरी छ ।
अब तपाईंको पुस्ताले नै देशको नेतृत्व गर्नु पर्नेछ ।
तयार रहनुहोला !
साथै, सेना प्रमुखसँग वार्ता गर्न पनि तयार हुनुहोला ।
तर याद रहोस् — वार्ता गर्नु अघि संसद् विघटन भएको हुनु पर्छ ।


 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्