नेभिगेशन
प्रदेश

घरदैलोमै आउन थाल्यो राहदानी

राजु रामको राहदानी आँगनमै गएर सीडीओले गरे आमालाई हस्तान्तरण

रौतहट । राजु राम वैदेशिक रोजगारीमा जाने तयारीमा रहँदा राहदानी बनाउन जिल्ला प्रशासन कार्यालय गएका थिए । जिल्लामा फाराम भरेपछि राहदानी काठमाडौंबाट छापिएर आउँछ, सेवाग्राहीले आफ्नो मिति हेक्का राखेर लिन जानुपर्छ । तर, राजुले जिल्ला प्रशासन जानु परेन । 
उनको राहदानी लिएर बुधबार प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसाल गौर नगरपालिका–२ स्थित घरैमा आए । राम रोजगारीका लागि गुजरात गइसकेकाले उनको राहदानी आमा गुडियादेवीले ग्रहण गरिन् । राजु रामको राहदानी वितरणसँगै रौतहटमा पनि सरकारले घरमै राहदानी पठाउन थालेको छ । बालेन सरकारको शासकीय सुधारसम्बन्धी १०० बुँदे कार्यसूचीमा उल्लेख भए अनुसारको घरमै राहदानी पु¥याउने व्यवस्था गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । जिल्ला हुलाक कार्यालय रौतहटमार्फत  सेवाग्राहीलाई घरमै पासपोर्ट उपलब्ध गराउने व्यवस्था सुरु भएको हो ।
प्रमुख जिल्ला अधिकारी भुसालले हुलाकमार्फत पासपोर्ट वितरण गर्दा सेवाग्राहीलाई कार्यालयसम्म धाउनुपर्ने बाध्यता अन्त्य हुनुका साथै समय र  खर्चसमेत बचत हुने विश्वास व्यक्त गरे । ‘सरकारले नागरिकलाई सहज, सरल र प्रभावकारी सेवा प्रदान गर्ने लक्ष्य लिएको छ । घरमै पासपोर्ट वितरण सेवा त्यसैको एउटा महŒवपूर्ण कदम हो,’ उनले भने, ‘सुरुवात भयो अब क्रमशः सबैको घरदैलौमा पासपोर्ट पु¥याउँछौं । पासपोर्ट लिनका लागि मात्रै अब कोही पनि कार्यालय धाउन पर्दैन ।’
सरकारले सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री, जनमुखी र प्रभावकारी बनाउने उद्देश्यले देशका विभिन्न जिल्लामा यस्तो सेवा विस्तार गर्ने योजना अघि सारेको छ । ‘सरकारी सेवा घरमै उपलब्ध गराउने उद्देश्यले हुलाक सेवालाई आधुनिकीकरण गरी सरकारी कुरियर सेवाका रूपमा विकास गर्ने, जसमार्फत पासपोर्ट, नागरिकता प्रतिलिपि, लाइसेन्स लगायतका सरकारी कागजातहरू÷सामग्रीहरू घरमै पु¥याउने व्यवस्था १०० दिनभित्र लागू गर्ने,’ शासकीय सुधारका कार्यसूचीमा उल्लेख छ ।
रौतहटमा यसको सुरुवातसँगै नागरिकले सरकारी सेवामा थप सहज पहुँच प्राप्त गर्ने विश्वास गरिएको छ । जिल्ला हुलाक कार्यालय रौतहटका प्रमुख देवनाथ यादवका अनुसार कार्यालय र जिल्ला प्रशासन कार्यालयबीच वैशाख २४ गते यस सम्बन्धमा विधिवत् सम्झौता भएको थियो । जसअनुसार सेवाग्राहीले घरमै पासपोर्ट लिन चाहेमा गरेको फारामसँगै ५५ रुपैयाँको टिकट टाँस्नुपर्ने व्यवस्था गरिएको छ । ‘सेवाग्राहीले ५५ रुपैयाँको टिकट टाँसेर पासपोर्टको फाराम बुझाएपछि हामीले उहाँहरूको पासपोर्ट आएपछि हल्कारामार्फत घरमै पु¥याइदिन्छौं,’ उनले भने, ‘सेवाग्राहीले पासपोर्ट बाहेक लाइसेन्स, नागरिकताको फोटोकपी लगायत सरकारी कागजात पनि यस गरिनै घरमै पु¥याउन हामी तयार छौं ।’ उनका अनुसार अहिलेसम्म घरमै पासपोर्ट लिन चाहने २१ जनाको पासपोर्ट जिल्ला हुलाक कार्यालयमा आइसकेको र ती सबैलाई घरमै पु¥याउने तयारी भइसकेको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्