नेभिगेशन
नेपाल

राष्ट्रपति कार्यालय शीतलनिवासमा समेत आगजनी

काठमाडौं, २४ भदौ – जेनजी आन्दोलन उग्रिँदै जाँदा राष्ट्रपति कार्यालय शीतलनिवासमा समेत आगजनी भएको छ । आक्रोशित प्रदर्शनकारीहरूले त्यहाँ आगो लगाएको सुरक्षास्रोतले पुष्टि गरेको छ ।

यसअघि सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालतदेखि शीर्ष नेताहरूको निवास र पार्टी कार्यालयसम्म आन्दोलनकारीहरूले तोडफोड तथा आगजनी गरेका थिए ।

राजधानीभर निरन्तर भइरहेका आक्रमण र आगजनी अझै थामिएको छैन । राजधानी अशान्त भइरहेका बीच प्रधानमन्त्री केपी शर्मा ओलीले यसअघि नै पदबाट राजीनामा दिइसकेका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्