नेभिगेशन
नेपाल

अन्नपूर्ण पोस्ट र कान्तिपुर टिभीको भवनमा आगजनी

काठमाडौं, २४ भदौ – राजधानीमा जारी जेनजी आन्दोलनका क्रममा सञ्चारमाध्यममाथि पनि आक्रमण भएको छ । मंगलबार आक्रोशित प्रदर्शनकारीहरूले तिनकुनेस्थित अन्नपूर्ण पोस्टको कार्यालयमा आगजनी गरेका छन् ।

उनीहरूले कान्तिपुर टेलिभिजन र रेडियो कान्तिपुर रहेको भवनमा समेत तोडफोड र आगजनी गरेका छन् । प्रदर्शनकारीहरू भवनभित्र प्रवेश गरी सम्पूर्ण कार्यालय कब्जामा लिएपछि आगो लगाएको टिभीका जिल्ला ब्युरो संयोजक डीपी उपाध्यायले जानकारी दिए ।

आक्रमणअघि पत्रकार र कर्मचारीलाई भवनबाहिर निकालिएको र त्यसपछि आगजनी गरिएको उनले बताएका छन् ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्