नेभिगेशन
नेपाल

राष्ट्रपति पौडेलद्वारा वार्तामा आउन सबै पक्षलाई अपिल

काठमाडौं, २४ भदौ – राष्ट्रपति रामचन्द्र पौडेलले देशमा उत्पन्न विषम परिस्थितिको शान्तिपूर्ण समाधानका लागि सबै पक्षलाई सहयोग गर्न आग्रह गरेका छन् ।

मंगलबार जारी विज्ञप्तिमा उनले लोकतन्त्रमा नागरिकले उठाएका मागहरू संवाद र वार्तामार्फत टुंग्याउन सकिने उल्लेख गर्दै जेनजी पुस्ताका प्रतिनिधिसमेतलाई संयमता अपनाउन र वार्तामा आउन अपिल गरेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा स्वीकृत भइसकेको सन्दर्भलाई जोड्दै राष्ट्रपति पौडेलले मुलुक, जनता र लोकतन्त्रलाई माया गर्ने भावनासहित समस्या समाधानमा हातेमालो गर्नुपर्ने विश्वास व्यक्त गरेका छन् ।

Screenshot-2025-09-09-at-19.53.27-1757426929.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्