नेभिगेशन
नेपाल

राति १० बजेदेखि सुरक्षाको जिम्मेवारी सेनाले लिने

काठमाडौं, २४ भदौ - मंगलबार दिनभर राजधानीमा उत्पन्न तनावपूर्ण अवस्था नियन्त्रणमा नआएपछि नेपाली सेनाले लुटपाट, आगजनीलगायतका अवाञ्छित क्रियाकलाप तत्काल रोक्न सर्वसाधारणलाई आग्रह गरेको छ ।

सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ कि, सूचनापछि पनि यस्ता गतिविधि नरोकिने अवस्थामा आज राति १० बजेदेखि नेपाली सेनासहित सम्पूर्ण सुरक्षा संयन्त्र परिचालित हुने छ ।

विज्ञप्तिमा भनिएको छ – “विषम परिस्थितिको अनुचित लाभ उठाउँदै केही समूहहरूले सर्वसाधारण नागरिक र सार्वजनिक सम्पत्तिमा गम्भीर क्षति पुर्‍याउने कार्य गरेका छन् । यस्ता गतिविधि नियन्त्रणमा लिन सबै राष्ट्रवासीको सहयोग आवश्यक छ ।”

साथै, सुरक्षा अवस्थाको पुनर्मूल्यांकन गरी आवश्यकतानुसार थप सूचना सार्वजनिक गरिने पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Screenshot-2025-09-09-at-22.03.37-1757434739.png
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्