नेभिगेशन
प्रदेश

धनुषाको राजगुठी अतिक्रमण हटाइने

काठमाडौं । धनुषा जिल्लाभित्र रहेका राजगुठीका मठ–मन्दिर परिसर, पोखरीका डिल तथा गुठी तैनाथी जग्गामा भएको अतिक्रमण हटाउन सुरु गरिने भएको छ । यसका लागि गुठी संस्थानले सरोकारवालाई अतिक्रमण तत्काल हटाउन सूचना जारी गरेको छ ।
संस्थानद्वारा जारी सूचनाअनुसार राजगुठीका जग्गामा व्यक्ति तथा संस्थाले अतिक्रमण गरेको पाइएको छ । यसले सार्वजनिक तथा धार्मिक महŒवका सम्पत्तिको संरक्षणमा चुनौती सिर्जना गरेको भन्दै गुठी संस्थानले सम्बन्धित सबैलाई तत्काल अतिक्रमण हटाउन आग्रह गरेको छ । सूचनाको अवज्ञा गरे कार्बाही हुने चेतावनी पनि दिइएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्