नेभिगेशन
नेपाल

त्रिभुवन विमानस्थल साँझ ६ बजेसम्म बन्द

काठमाडौँ, २५ भदौ । काठमाडौँ उपत्यकाको आकाशमा बाक्लो धुँवाको मुस्लो फैलिएपछि मंगलबार अपराह्नदेखि बन्द गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आज साँझ ६ बजेसम्म नखुल्ने भएको छ ।

विमानस्थलका प्रवक्ता रिञ्जी शेर्पाले अर्को निर्णय नभएसम्म नियमित उडान बन्द रहने बताए । तर आपतकालीन उडान र मेडिकल फ्लाइट भने यथावत सञ्चालन हुने उनले जानकारी दिए । यसअघि आज मध्याह्न १२ बजेसम्म मात्र विमानस्थल बन्द गर्ने निर्णय भएको थियो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्