नेभिगेशन
नेपाल

महाराजगञ्ज प्रहरी वृत्तमा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु पुष्टि

काठमाडौं, २५ भदौ – राजधानीमा मंगलबार उग्र बनेको जेनजी आन्दोलनका क्रममा महाराजगञ्जस्थित प्रहरी वृत्तमा आक्रमण हुँदा दुई प्रहरीको मृत्यु भएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विनोद घिमिरेले घटनामा एक असईसहित अर्का एक प्रहरीको ज्यान गएको पुष्टि गरेका छन् । उनका अनुसार मृतक दुवैजना महाराजगञ्जमै कार्यरत थिए ।

घिमिरेले अन्यत्र कति सुरक्षाकर्मी घाइते वा मृत्यु भएका छन् भन्ने विवरण भने अझै नखुलेको बताए । “केही प्रहरी सम्पर्कविहीन छन्, त्यसैले अहिले निश्चित तथ्याङ्क दिन सकिने अवस्था छैन,” उनले स्पष्ट पारे ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्